|

लुम्बिनी अन्चलस्तरीय कराते प्रतियोगितामा पाल्पा जिल्ला प्रथम

बुटवल, पुस १ - नेपाल सितोरियो कराते संघ रुपन्देहीको आयोजनामा संचालित लुम्बिनी अन्चलस्तरीय कराते प्रतियोगितामा पाल्पा जिल्ला प्रथम भएको छ । शुक्रबार र शनिबार गरी २ दिनसम्म मणिग्राममा चलेको प्रतियोगितामा लुम्बिनी अञ्चलका ६ वटा जिल्ला र बोर्डिङ स्कुलको एक टिम गरी सात टिममा एक सय ७५ जना खेलाडीले भाग लिएका थिए । प्रतियोगितामा मणिग्राम डोजो दोस्रो तथा नवलपरासीजिल्ला तेस्रो र गुल्मी जिल्ला अनुशासित टिम घोषित भएको छ । यस्तै टिम कांतामा रुपन्देहीको केटा समुह प्रथम र बोर्डिङ समुह दोस्रो भ एभने केटीतर्फ पाल्पा प्रथम र गुल्मी दोस्रो भएका छन् । बोर्डिङ टिमतर्फ रिसव पाण्डे र दिया थापा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रतियोगीहरुलाई केटातर्फ २५ देखि ७० केजीसम्म र केटीतर्फ २५देखि ५५ केजी तौल समुहमा खेलाइएको थियो ।   गीता क्लब तथा मणिग्राम डोजोको सहआयोजनामा सम्पन्न प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले गर्नुभएको थियो । समारोहमा बैंकर एवं प्रतियोगिताको सहयोगी देबेन्द्रप्रसाद ध्वजु,पश्चिमान्चल कराते संघका अध्यक्ष भरत केसी,लगायतले मन्तव्य राख्नुभएको थियो ।

नेपाल सितोरियो कराते संघ रुपन्देहीका अध्यक्ष उमेश थापाको अध्यक्षता,शंकर बुढाप्रितीको संयोजकत्वमा भएको कार्यक्रम सन्तोष सिंह र नारायण थापाले संन्चालन गर्नुभएको थियो ।


Posted by Butwalonline on 3:43 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लुम्बिनी अन्चलस्तरीय कराते प्रतियोगितामा पाल्पा जिल्ला प्रथम"

Leave a reply