संविधानस सभा विघटन दुर्भाग्यपूर्ण : शान्ति समाज
मुक्तिप्रसाद न्यौपाने,चितवन, पुष १-स्वतन्त्रता हाम्रो प्राण हो, अहिंसा जीवनको आधार हो भन्ने नारा सहित भरतपुरको चितवनमा मानवअधिकार तथा शान्ति समाजको १५ औं राष्ट्रिय परिषद् बैठक सम्पन्न भएको छ ।
बैठकले संविधान सघा विघटन दुर्भाग्यपूर्ण भएकोले सहमति र भातृत्वको राजनीति आवश्यक रहेको निष्कर्श निकालेको छ । साथै बैठककले ‘सबै अधिकार सबैकालागि’ भन्ने मान्यताका साथ राजनीतिक दलहरु तथा तत्कालिन सभासद्हरु स्वतन्त्रताको रक्षा प्रती प्रतिबद्ध भएर अघि बढेको भएको भए संविधान लेखिन सक्ने भन्दै स्वतन्त्रता रक्षा अभियानमा लाग्ने निर्णय गरेको छ ।
कार्यक्रममा संस्थापक सभापति कृष्ण पहाडी, पुरुषोत्तम दाहाल, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल लगायतले शान्ति, अहिंसा र लोकतन्त्रप्रति समाज सदैव लाग्नुपर्ने बताएका थिए ।
दुई दिनसम्म सञ्चालन भएको परिषद्ले होमाकान्त चौलागाईकै सभापतित्वमा १५ सदस्यिय नयाा कार्य समिति समेत गठन गरेको छ । कार्यक्रममा देशैभरिका तीन सय प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहेको थियो ।
बैठकले १० वटा जिल्ला शाखाले कार्य गर्न नसकेको भन्दै निलम्वन गरेको छ । अव समाजमा ४५ जिल्ला शाखा रहेकाछन् भने समाजमा हाल ८ हजार ६ सय ३९ साधारण सदस्य र ४ सय ५५ आजीवन सदस्य रहेकाछन् ।
फोटो फिचर( तस्विर: मुक्तिप्रसाद न्यौपाने)
१. बैठकमा बोल्दै संस्थापक सभापति कृष्ण पहाडी
२. बैठकका निर्णयको समर्थन गर्दै मानवअधिकार तथा शान्ति समाजका विभिन्न जिल्लाका प्रतिनिधिहरु