नेपाली क्रिकेट हाम्रो गौरब !
आदरणीय युएईवासी नेपाली दाजु-भाई तथा दिदि-बहिनीहरु,
नेपालको बर्तमान राजनैतिक अस्थिरता, अन्योल र खेलकुद क्षेत्रमा नेपाल सरकारले खासै केहि गर्न नसकेको र खेलाडीहरुलाई चाहिने आधारभूत पूर्वाधार तथा सुबिधा बिना पनि नेपाली राष्ट्रिय क्रिकेट टिमले अन्तराष्ट्रिय रुपमा प्राप्त गरेको सफलताले हामि सम्पूर्ण नेपालीहरुलाई हर्षित तुल्याको छ भने बिशेष गरि बिदेशमा बस्ने नेपालीहरु अझ गौरवान्दित छौ | बिगतका केहि क्रिकेट टुर्नामेन्टहरु युएईमा सम्पन्न भई नेपाली टिमले युएईको राष्ट्रिय टिम लगायत विभिन्न देशहरुका बिरुद्ध सशक्त खेल प्रदर्शन गरि युएईमा भएको ACC Elite Trohpy 2012 पनि हात पर्न सफल भएको कुरा हामीलाई थाहानै छ | नेपाली क्रिकेट धेरै सम्भावनाका बीच अघि बढिरहेको अवस्थामा नेपाली क्रिकेट संघका पदाधिकारीका अनुसार हामीले बिशेष ध्यान दियो र खेलाडीहरुलाई प्रोत्साहन गर्न सकिएको खण्डमा २०१३ बर्मुडामा हुने ICC World Cricket League Division Three खेलमा राम्रो प्रदर्सन गर्ने सके नेपालले One Day International खेल्न पाउने छ | तत्पश्चात क्रिकेटका World Champions संग नेपाली क्रिकेट टिमले भिड्ने अवसर पनि पाउनेछ | यस्तो अवस्थामा हामी गैर आवाशीय नेपालीहरुको पनि कर्तब्य हुन्छ देश बिकाशमा पहलकदमी लिने र नेपालीको नाम संसारमा चिनाउने जसले गर्दा प्रबासमा बस्ने नेपालीहरुको शिर उचो गर्ने साथै क्रिकेट खेलको प्रबर्दन गर्ने छ | हामी सबैले विचार गर्नुपर्ने हुन्छ, हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? हामीले किन नगर्ने ? गत वर्ष अगस्ट महिनामा अष्ट्रेलियामा भयको टुर्नामेन्ट खेल्न जाँदा करिब दुइ महिना अघि देखि अभ्यास नगरी जानु परेको थियो, किनकि बर्षाको कारण मैदानमा पानि जम्नु र नेपालमा Indoor Criket Practice Ground नहुनु थियो | अब सोचौ हामि कसरि खेलाडीहरु संग Trophy को आशा गर्न सक्छौ ? नेपाली राष्ट्रिय क्रिकेट टिमका कोच श्री पुबुदु दसनायके संग युएई आएको समयमा गैर आवाशीय नेपाली संघले नेपाली क्रिकेट टिमको पर्बर्दंको लागि के गर्न सक्छ भनि मागेको सुझाबमा Indoor Criket Practice Ground को समस्याको बारेमा हामीलाई जानकारीमा आएको हो |
तत्पश्चात, एन आर एन युएईले नेपाल क्रिकेट संघका अधक्ष्य, सचिब, तथा अन्य पदाधिकारीहरु संग सम्पर्क गरि यो बिषयमा छलफल शुरु गरिएको थियो | त्यसै अनुरुप एन आर एन युएईका अध्यक्ष श्री चन्द्र रोकाहालाई संघका पदाधिकारीहरुले संघकै कार्यालयमा बोलाइ भेटघाट र बैठक गरे पश्चात, नेपाल सरकारले क्रिकेटको लागि भनि छुट्टाएको मुलपानीको जग्गामा Indoor Practice Ground बनाई दिन संघले औपचारिक प्रस्ताब गरेको छ जसले गर्दा नेपाली क्रिकेट टिमको समस्त बिकासमा मद्दत पुग्ने छ |
तसर्थ, संघको प्रस्ताबलाई एन आर एन ए युएईको १४ डिसेम्बर २०१२ मा बसेको कार्यसमितिको बैठकले स्वागत गर्दै युएई लगायत सम्पूर्ण गैर आवाशीय नेपालीहरु, क्रिकेटप्रेमीहरु, समाजसेवीहरु तथा बुद्धिजीविहरु साथै सम्पूर्ण संघसंस्थाका अधक्ष्य तथा प्रतिनिधिसंग आगामी शुक्रबार २१ डिसेम्बर २०१२ का दिन दुबईको एभरेस्ट इन्टरनेस्नल होटलमा दिनको २ बजेदेखि छलफल तथा अन्तरक्रिया गरि सम्पूर्ण नेपाली समुदाय एक ढिक्का भई यस्तो देसको नाम उच्च राख्ने, नेपालीलाई संसारमा चिनाउने कार्यमा एकजुट भै सहयोग गर्नको लागि बिधि तथा प्रक्रिया तोक्ने निर्णय गरेको छ ।
यसर्थ, सम्पूर्ण नेपालीजनहरु तथा क्रिकेटप्रेमीहरुमा निम्न उल्लेखित मिति, स्थान र समयमा उपस्थितिको लागि गैर आवाशीय नेपाली संघ, युएई हार्दिक अनुरोध गर्दछ |
कार्यक्रम:
मिति: २१ डीसेमबर २०१२, सुक्रबार
स्थान: एवरेस्ट इन्टरनेसनल होटेल, बरदुबई
समय: दिनको २ बजे
धन्यबाद सहित,
गैर-आवासीय नेपाली संघ,
राष्ट्रिय समन्वय परिसद, युएई