|

विश्वासिलो आधार नबने सम्म बर्तमान सरकारले राजीनामा नदिने

लक्ष्मण पोरखेल,बुटवल, १ पुस । शान्ति तथा पुन निर्माणमन्त्री टोप बहादुर रायमाझीले विश्वासिलो आधार नबने सम्म बर्तमान सरकारले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ ।


जनयुद्ध र जनआन्दोलनबाट प्राप्त भएका उपलब्धि संस्थागत  र संविधान बन्ने ग्यारेन्टी नभएसम्म सरकार नछाड्ने उहाले बताउनुभयो । जागरण मिडिया सेन्टरद्धारा संचालित रेडियो जागरण बुटवलको छैठौं बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको राजनितिक गत्यावरोध र मिडियाको भूमिका बिषयक कार्यक्रमलाई आज बुटवलमा सम्बोधन गर्दै मन्त्री रायमाझीले यस्तो बताउनुभएको हो ।

प्रतिपक्षी दलहरुले संविधान निर्माणका मुद्धामा केन्द्रितनै नभई सत्ता मात्रै खोज्ने प्रवृत्तिले सहमति हुन नसकेको बताउनुभयो । ‘संविधान कसरी बनाउने भन्नेमा चिन्ता छैन’ मन्त्रि रायमाझीले भन्नुभयो–‘सत्ता विना आधार छोडिन्न ।’एमाओबादीका प्रभावशाली नेता समेत रहेका रायमाझीले काग्रेस एमालेलाई विश्वासिलो वातावरण बनाएर प्रधानमन्त्रिको कुरागर्न आग्रह गर्नुभयो । प्रधानमन्त्रि र राष्ट्रपति मात्रै सवैधानिक निकाय भएकाले विना आधार सरकारले सत्ता नछाड्ने तर पहिचान सहितको संविधान बन्ने आधार बने सरकार तुरुन्त छाड्ने बताउनुभयो  । संविधानसभाको निर्वाचन र संविधानपुर्न स्थापना दुई विकल्पनै अहिलेको राजनितिक निकास भएको बताउदै यसमा मिडियाले सकरात्मक भूमिका
निर्वाह गर्नुपर्ने बताउनुभयो । 

नागरिकलाई सूसुचित गराउने सवालमा मिडियाको महत्वपूर्ण भूमिका हुने भन्दै विना पूर्वाग्रह सन्देश प्रवाह गर्न आग्रह गर्नुभयो । कार्यक्रमा ए नेकपा माओबादी अवद्यराज्य संयोजक चन्द्रप्रकाश खनालले गत्यारोधका बिषयमा मिडियाले सहि सूचना जनतासमक्ष पुर्‍याउनुपर्ने बताउनुभयो । उहााले अझै पनि उपेक्षित उत्पीडित समुदायको आवाजलाई मिडियाले उठाउनु पर्ने बताउनुभयो । दलित जनजाती पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले राजनितिक निकासको बाधक मुख्य चार दललैनै भएको आरोप लगाउनुभयो । उहााले विभेद,उत्पीड्निमा परेका वर्गको आवाज उठाउने संचारमाध्यमलाई हेर्ने देष्टिकोण फरक हुनुपर्ने बताउनुभयो ।

समाजशास्त्री एंव जनजाती अगुवा डा.ओम गुरुङले मूलधारको मिडियामा ९० प्रतिशत प्रभुत्व वर्गकै बर्चस्व रहेकाले त्यसको अन्त्य गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा रेडियो जागरणका अध्यक्ष विनोद पहाडिले उत्पीडित,उपेक्षितका मुद्धा मूलधारकोमिडियाले उठाउन नसकेको भन्दै तेस्रो धारको पत्रकारिताको शुरुवात गर्न लागेको बताउनुभयो । उहाले निकट भविष्यमा सामुदायिक टेलिभिजन समेतसंचालन गर्ने बताउनुभयो । कार्यक्रममा प्रेस चौतारीका पूर्व अध्यक्ष बालकृष्ण चापागाई,राष्ट्रिय जनमोर्चाका बुटवल नगर अध्यक्ष पदम श्रेष्ठ,राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष निर्दोष अली,राष्ट्रिय दलित आयोगका सदस्य सचिव भुवन सुनार,नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दीपक ज्ञवाली,बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठ,रुपन्देही उद्योग संघका अध्यक्ष तेजकुमार पाठक,ब्यापार संघका अध्यक्ष टंक पोखरेल,महिला नेतृ सिता घिमिरेले सफलताको शुभकामना ब्यक्त गर्नुभएकोथियो । सोही अवसरमा चार जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा पूराना पत्रकार एंव साहित्यकार चर्तुभुज आत्रेय,क्रिक्रेट क्षेत्रमा योगदान पुर्‍याएका प्रेम सेन्चूरी,जनवादी कलाकार लक्ष्मी गुरुङ र रेडियो जागरणका मर्चवार प्रतिनिधि जयस महमद खाा रहेका छन् । 

कार्यक्रम रेडियो जागरणका अध्यक्ष विनोद पहाडीको अध्यक्षता,स्टेशन म्यानेजरशिवजी गायकको स्वागत तथा समाचार प्रमुख सुमन अधिकारीको संचालनमा भएको कार्यक्रममा जागरण मिडिया सेन्टरका महासचिव दीपक परियारले उद्देश्यमाथि प्रकाश पारेका थिए । रेडियो सबैखाले विभेद विरुद्ध संचार वकालत गर्ने उद्देश्यले  स्थापित रेडियो जागरण पुस २ गतदेखि पाचौं बर्ष पुरा गरि छैठौं बर्षमा प्रवेश गर्ने छ । विस २०६४ सालबाट जागरणले ९३.६ मेगाहर्जमा आफ्नो प्रशारण शुभारम्भ गरेको थियो । हाल रेडियो १८ घन्टा प्रशारण हुंदै आएको छ । कार्यक्रमको रेडियोले प्रत्यक्ष प्रशारण गरेको थियो ।

Posted by Butwalonline on 4:01 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विश्वासिलो आधार नबने सम्म बर्तमान सरकारले राजीनामा नदिने"

Leave a reply