प्राचिन कोटियामाई मन्दिरमा बाजा बजाएर परिवारको गुजारा
उहाले उक्त बाजा सोख वा रहरले नभै आयआर्जनका लागि बजाएको बताउनु हुन्छ । बाजा बजाउने अनी कमाएको पैसाले परिवारको गुजारा चलाउदै आउनु भएको छ उहाले । पुर्खौली पेशालाई अंगालेको उहाले कोटियामाईको दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुले श्रद्धा र खुशीले दिएको दान नै दैनिक आ आफनो दैनिक आम्दानी भएको बताउनु भयो । यही आम्दानीबाटै उहाको घर धानिएको छ । “ कहिले ढेड दुई सय पनि पाउछु कहिले त २० रुपैया मै चित्त बुझाउनु पर्छ । ” उहाले भन्नु भयो । उहालाई मन्दिरमा पुजा गन आउने आन्तरिक पर्यटकले स्वेच्छाले रकम दिने गर्दछन् । बिदेशबाट तिलौराकोट अवलोकन गर्न आएका बुद्धमार्गीहरुले पनि श्रद्धाले आफूलाई रकम दिने गरेको फूलमतिले बताउनु भयो ।
यस अघि उहाको ससुराले यहा बजा बजाउने गर्नु हुन्थ्यो । उहाको मृत्यु भए पछि श्रीमान बुद्धु र फुलमतिका २ छोराले केही दिन यो काम गरे । तर उनीहरुलाई यो काम मन परेन अनी काम गर्ने छोडे त्यस पछि बिगत ५ बर्ष देखि फुलमतिले बाजा बजाउने काम गर्दै आउनु भएको छ । फुसको घर अनी जग्गाको नाममा ३ कठ्ठा मात्र जमिन छ फुलमतिको । निरक्षर २ छोराहरु बेरोजगार छन्, श्रीमानले मजदुरी गर्छन, केही मैले कमाउछु यसैले परिवार चलको छ फुलमति भन्नु हुन्छ । शुक्रवार र सोमवार कोटियामाई मन्दिरमा बिशेष भीड लाग्ने गर्दछ । भक्तजनहरुले उक्त दिन त्यहा बिशेष पुजा ( कराई चढाउने ) गर्दछन् । उक्त दिन आफनो बढी आम्दानी हुने गरेको उहाको भनाई छ । कहिलेकाही त बिदेशीले खुशी भएर दुई तीन सय रुपैया पनि दिने गरेको उहाको अनुभव छ ।
यो पेशामा लागेकोमा आफलाई कुनै पछुतो र दुख नलागको उहा बताउनु हुन्छ । धार्मिक पुण्यफल पनि मिलको छ, गुजारा पनि चलको छ, त्यसैले यो कामप्रति पूर्ण संतुष्ठ छु उहा भन्नु हुन्छ । महिला भए पनि पुर्खाहरुको पेशालाई बचाईराखेको छु, यसमा मलाई गर्भ छ उहाले भन्नु भयो । शरीरले साथ दिए सम्म यसलाई अंगाली राख्ने उहाले दृढदापुर्वक भन्नु भयो ।
फोटो बिवरण : तिलौराकोट स्थित कोटियामाई मन्दिरमा ढोल र तासा बजाउदै फुलमति रैदास ।
तस्बिर : किरणमान बज्राचार्य
Posted by Butwalonline
on 4:09 PM. Filed under
News,
Photo Gallery
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response