|

इजिप्टमा ब्यापक झडप

काठमाडौं, माघ १८ । इजिप्टका अपदस्थ राष्ट्रपति मोहमद मुर्सीका समर्थक र सैन्य सरकारका समर्थकबीच ब्यापक झडप भएको छ । मुस्लिम ब्रदरहुडका समर्थकहरुले राजधानी कायरोलाई केन्द्र बनाई प्रदर्शन गर्दै आएकोमा फैयुम सहरमा सरकारी सेनाका समर्थकहरुले ढुंगामुढा गरेपछि झडप सुरु भएको हो ।

झडपका क्रममा दुबैतर्फबाट २० भन्दा बढी घाइते भएका छन् । अपदस्थ राष्ट्रपति मोहमद मुर्सीमाथि झुटो मुद्दा चलाएकोमा थप आक्रोशित बनेका उनका समर्थकहरुले प्रदर्शनलाई तीब्र बनाउने घोषणा गरेका छन् ।मुर्सीलाई दुई दिनअघि अकस्मात अदालत उपस्थित गराएपछि प्रदर्शन झन चर्केको छ । (एजेन्सी/इमेज)

Posted by Butwalonline on 7:57 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "इजिप्टमा ब्यापक झडप "

Leave a reply