|

अपाङ्गता अधिकारका लागि कार्यशाला सम्पन्न

हेमराज भट्ट नेपालगञ्ज, २२ मंसिर-अपांगता भएका व्यक्तिहरुका लागि स्थानीय स्तरमा समाबेश गरिनुपर्ने योजना छनौटको बिषयमा आज एक कार्यशाला गोष्ठि सम्पन्न गरिएको छ । गोष्ठिमा अपांगताका सवालमा गर्नुपर्ने कार्यक्रमका बारेमा छलफल पश्चात बिभिन्न १४ वटा शिर्षकलाई लक्षित गरी योजना निर्माण गर्ने प्रतिबद्धता गरिएको छ ।

बाकेका बिभिन्न गाउ विकास समितिका सचिव र बिभिन्न गाबिसहरुमा गठित स्वाबलम्बन समूहका प्रतिनिधिहरुको सहभागिता रहेको यो गोष्ठीमा महिला तथाबालबालिका कार्यालय बाकेका प्रमुख शोभा शाहले एकिकृत रुपमा योजना बनाएर नमुनायोग्य काम गर्न आवश्यक रहेको जनाईन् । शाहले जिल्ला स्तरमा शारिरीक अपांगता भएका व्यक्तिहरुलाई बास्केट फन्ड बनाएर सहायक सामाग्री बितरण गर्न जरुरी रहेको समेत बताईन् । कार्यक्रममा जिल्ला विकास समिति बाकेका योजना अधिकृत दिपक ढकालले अपांगता अधिकारबारेको रणनितिक योजना, वर्तमान् अवस्था र आवश्यकता लगायतका बिषयमा सहजिकरण गरेका थिए । हामी प्रशासक होईनौ, विकासे कार्यकर्ता हौ योजना अधिकृत ढकालले सहजिकरण पश्चात भने अपांगता अवस्था मात्रै हो, यस्तो अवस्थामा राज्यको उपस्थिति हामीले देखाउनुपर्छ । उनले अरुलाई भन्दा आफूलाई हेरेर काम गर्नुपर्ने भन्दै कानून, कला र सीपले काम गर्न आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका चेतनारायण शर्माले अपांगता भएका सबै बिद्यार्थीहरुले अझ सम्म पनि परिचय पत्र नपाएको जनाए । कार्यक्रममा गाबिस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष उत्तक सिंह सोढीले वडा भेलाबाट माग भई आउदा योजना निर्माणमा सघाउ पुग्ने बताए । उनले बिभिन्न सस्थाहरुले करोडौको रकममा बार्षिक कार्यक्रम सम्पन्न गर्दा पनि अपांगताको सवालमा वास्ता नगरेको दुखेसो गरे । कार्यक्रममा राष्टिय अपांग महासंघ मध्यपश्चिम क्षेत्रिय अध्यक्ष भावुकजंग थापा, बासका अध्यक्ष राजु लामिछाने, जिल्ला स्तरिय अपांग समन्वय समितिका समितिका संयोजक कन्हैयालाल राना, डेक नेपालका अध्यक्ष ईन्द्रबहादुर शेरचन लयायतले अपांगताको क्षेत्रमा दया, माया नभई संवेदनशिल हुनु आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा सहभागि गाबिस सचिवहरुले स्थानिय निकायमा अपांगता भएका व्यक्तिहरुलाई लक्षित गरी बिशेष योजना बनाउने प्रतिबद्धता जनाएका छन् । अपांगताका सवालमा सुचना तथा अनुसन्धान, जनचेतना र अधिबाचन, तालिम तथा रोजगार, संचार, यातायात, शिक्षा, स्वास्थ्य, खेलकुदको क्षेत्रमा पहाच, परिचय पत्र बितरण, सहायता सामाग्री, अनुगमन र आयआर्जनका लागि योजना निर्माण गर्ने प्रतिबद्धता कार्यक्रममा गरिएको छ ।

डेक नेपालको आयोजना तथा ओ.एस.आई.नेटवर्कको सहयोगमा सम्पन्न कार्यक्रमको सञ्चालन डेक नेपालका निर्देशक देबिदत्त आचार्यले गरेका थिए ।

Posted by Butwalonline on 8:33 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अपाङ्गता अधिकारका लागि कार्यशाला सम्पन्न"

Leave a reply