बलात्कारीलाई कारवाहीको माग राख्दै प्रहरी कार्यालय अगाडी धर्ना
नवलपरासी, ३० असोज,सत्र वर्षिय युवतीलाई बलात्कार गरेर फरार भएका कावासोती ५ निवासी भीमबहादुर श्रेष्ठलाई प्रहरीले कारवाहीको माग गर्दै स्थानीयले मंगलवार दिउसो कावासोतीमा सडक अवरुद्ध पारेका छन् ।
असोज २४ गते राति १० बजेतिर कावासोती ५ निवासी १७ बर्षीय मगर थरकी एक युवतीलाई बलात्कार गर्ने श्रेष्ठलाई प्रहरीले पक्राउ नगरेको पीडित किशोरीका बुवा हरिबहादुर दलार्मी मगरले बताए ।
प्रहरीलाई पटक पटक जानकारी गराउंदा र किटानी जाहेरी दिंदा पनि कारवाही नगरेको भन्दै उनीहरुले दबाब दिन सडक अवरुद्ध पारेका हुन् ।श्रेष्ठले ती किशोरीलाई घरदेखि केही परको जंगलमा लगेर जबरजस्ती करणी गरेको पीडितका परिवारले जनाएका छन् ।
त्यसै गरि कावासोती प्रहरीले दोषीलाई कारवाही नगरेको घटना सेलाउन नपाउंदै बर्दघाटमा प्रहरीले फेरि अर्को दोषीलाई कारवाही नगरेको घटना बाहिर आएको छ ।नवलपरासीको माकर ९ बण्डाखोलामा गाउंलेहरुलाई कुटपिट गर्ने अपहरण गर्नेका नाइके शिव केसीलाई स्थानीय पक्राउ गरेर प्रहरीको जिम्मा लगाउंदा सम्म पनि कारवाही नगरेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।
