|

बुटवलमा आजदेखि दशैका लागि सस्तो बजार शुरु


बुटवल असोज ३० - बुटवलमा आजदेखि दशै सस्तो बजार शुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघले उपभोक्तालाई राहत दिनका लागि सस्तो बजार शुरु गरेको हो ।बुटवलको कान्ती सभागृहमा सञ्चालित सस्तो बजार कार्तिक ४ गतेसम्म जारी हुने संघले जनाएको छ । सस्तो बजारमा दशैका लागि नया नोट साट्ने ब्यवस्था गरिएको छ ।

दशैबजारको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले एक कार्यक्रमका बीच उद्घाटन गर्नु भएको छ । दशैं बजारमा खाद्यान्न, लत्ता कपडा, तयारी पोशाक, फलफुल, मासु, घिउ, तेल, चिनी, जुत्ताचप्पल, लगायत दैनिक उपभोग्य वस्तुका साथै कार, मोटरसाइकल, स्कुटी जस्ता अटोमोबाइल्स र टिभि, फ्रिज, मोबाइल लगायत इलेक्ट्रोनिक्स सामानका गरी ४० वटा स्टल राखिएका छन ।

उपभोक्तालाई ५ प्रतिशतदेखि १५ प्रतिशत मुल्यमा छुट दिइने दशै बजारमा मत्य बिकास केन्द्र, साल्ट ट्रेडिङ र दुग्ध बिकास संस्थानका पनि स्टल रहेका छन् । संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बरिष्ठ उपाध्यक्ष महेशमान सिहको धन्यवाद र सचिव दिनेशप्रसाद श्रेष्ठको सञ्चालनमा भएको दशैं बजार उद्घाटन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल, बुटवल नगरपालिकाका कार्यकारी अधिकृत खिम बहादुर रायमाझि, संघका पूर्व अध्यक्ष तथा सल्लाहकार अर्जुनमान सैजू, बजार संयोजक बिमलराज भट्टराई, कान्ति उच्च माबिका अध्यक्ष टंक पराजुली, पत्रकार दामोदर खनाल लगायतले बोल्नु भएको थियो ।

Posted by Butwalonline on 8:41 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटवलमा आजदेखि दशैका लागि सस्तो बजार शुरु "

Leave a reply