|

दैनिक दुई करोड बढीको खसीबोका राजधानीमा पठाईयो


किरणमान बज्राचार्य,कपिलवस्तु , ३० असोज, दशैंमा मासुको माग बढेकाले कपिलवस्तुको ब्यापारी दैनिक १५ ट्रक खसी बोका राजाधानी पठाउन थालेका छन् । भारतबाट कृष्णनगर नाका हुदै जिल्ला भित्राइएको खसी बोकालाई उनीहरुले राजधानी पठाउदै आएका छन् । दशैमा मासुको माग बढे पछि व्यापारीहरुले भारतबाट खसिबोका भित्राइरहेका छन् ।

दशैमा माग ह्वात्तै बढे पछि भारतीय खसीबोका ब्यापारीहरुलाई भ्याई नभ्याई भएको छ । अहिले यहाबाट दैनिक १० देखि १३ ट्रक सम्म खसीबोका काठमाडौं भित्रिरहेका छन् ।  भारतको बहराईचका ब्यापारीहरुले जिल्लाको कृष्णनगर भन्सार हुदै खसीबोकाहरु काठमाण्डौ सम्म पुरयाउने गरेका छन् । जिल्लाको चन्द्रौटा र चौवन्न भन्ने स्थानमा लोड गरी ब्यपारीहरुले माल राजधानी पठाउने गरेका छन् ।

चन्द्रौटाबाट  र चौबन्नपुरबाट दैनिक १३ ट्रक खसीबोका काठमाडौंका लागि लोड गरी पठाईने गरेको ब्यापारीहरु बताउछन् । उनीहरु अनुसार घटस्थापनाको केही दिन अघि देखि यसरी माल पठाईदै आएको छ । । यो क्रम दश दिन सम्म चल्ने छ । याहा लामो समय देखि भारतको उत्तर प्रदेश बहराईच र नानपाराका १० बढी भारतीय ब्यापारीले काठमाडौंमा खसीबोकाको ब्यापार गर्दै आएका छन् । दशैंका बेला नेपालमा खसीबोकाको ब्यापार बढी हुने हुदा उनीहरु कपिलवस्तुमै बसेर ब्यापार गर्ने गरेका छन् ।  भारत बहराईचका ब्यापारी ईब्राहिम मुसलमानले जति खसीबोका ल्याए पनि माग पुरा गर्न गाहैं भईरहेकाले साता–दश दिन देखि यही नेपालमै बसिरहेको जानकारी दिए ।

Posted by Butwalonline on 8:46 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दैनिक दुई करोड बढीको खसीबोका राजधानीमा पठाईयो"

Leave a reply