|

गुनासा समाधान हुदै, संयन्त्रको प्रभावकारिता बढ्दै


हेमराज भट्ट,नेपालगन्ज,असार १८-बागेश्वरी असल शासन क्लब (बास) द्धारा सञ्चालित जनगुनासो निवारक संयन्त्र कार्य सिकाई परियोजनाको पहलमा नेपालगञ्ज नगरपालिकाले लागु गरेको जनगुनासो निबारक संयन्त्रको प्रभाबकारिता बढ्दै गएको छ  ।

संयन्त्रमा दर्ता भएका गुनासाहरुको संख्या, गुनासो समाधानका लागि भएका पहल र संस्थागत हुादै गएपछि सो संयन्त्रले संयन्त्रको प्रभाबकारिता बढ्दै गएको हो । बिभिन्न माध्यमबाट आएका गुनासाहरुलाई व्यबस्थित तरिकाले व्यबस्थापन गर्ने उद्धेश्यले २०६९ बैशाख २० गते देखि लागु गरेको सो संयन्त्र अन्र्तगत २०१२ मे मा जम्मा ५९ गुनासो दर्ता भएका छन् । वडानंम्बर १ का १० जना, वडानम्बर २ का  १० जना, वडानम्बर ३ का १० जना, वडानम्बर ५ का १० जना, वडानम्बर ८ का २ जना, वडानम्बर १० को १ जना, वडानम्बर १२ को १० जना, वडानम्बर १३ को १ जना, वडानम्बर १४ को ७ जना, वडानम्बर १५ को ५ जना र वडानम्बर १६ को ४ जना रहेका छन् । यसरी गुनासो गर्नेमा २४ जना पुरुष र ३० जना महिला रहेका छन् । उनीहरु मध्ये .. जनाले ५ एस.एम.एस. र ५४ जनाले निबेदन मार्फत गुनासो गरेका छन् । गुनासो गर्नेमा बिभिन्न वडाका रहेका छन् ।

गुनासा गर्ने नगरवासीहरु मध्ये धेरैले नाली सरसफाईका लागि गुनासो गरेका छन् भने बााकीले सडक निर्माण, बत्ति जडान, छाडा चौपाय नियन्त्रण, लक्षित बर्ग उत्थान कार्यक्रम, सार्बजनिक शौचालय र दैनिक कार्य सम्पादनका बारेमा गुनासो गरेका छन् । गरेका गुनासाहरु मध्ये केही गुनासाहरु नगरपालिकाले समाधान गरिसकेकोछ भने अन्य गुनासाहरु समाधानका लागि पहल भईरहेको नगरपालिकाले जनाएकोछ ।

नेपालगन्ज नगरपालीकाले दिएको जानकारि अनुसार अहिले सम्म प्राप्त गुनासाहरु मध्ये छाडा चौपाय नियन्त्रणका लागि पहल भईरहेको, हाल निरिक्षण शाखामा जनशक्तिको अभाब भएका कारण सो कार्य तिब्र गतिमा अगाडी बढ्न नसकेको, वडानम्बर ८ को प्रगतिशिल मार्ग सडक निर्माणका लागि आगामी योजनामा राखेको ,वडानम्बर ३ मा फोहर भएको ढल सरसफाई कार्य भएको ,वडानम्बर २ की चाादनी साहुको गुनासो बमोजिम तहााका पोलमा बत्ति बल्ब जडान ,बिभिन्न व्यक्तिको गुनासो बमोजिम वडानम्बर २ मा सरसफाईको कार्य भईरहेको ,नेपालगञ्जको न्यूरोड बिभिन्न होटेल पछाडी थुप्रिरहेको गुनासो बमोजिम सरसफाई गर्ने प्रयास हुादा स्क्याभेटर जान नसकेको, व्यक्ति सिसाका कारण जान नसकी सरसफाई हुन नसकेको र सो बारेमा होटेलहरुलाई न.पा.द्धारा पत्राचार गर्ने कार्य भएको , बागेश्वरी टोलकी गिता देबि राना समेतले सार्बजनिक नल्का मागेकाले निरिक्षण गरि नल्का दिने प्रतिबद्धता न.पा.ले गरेको ,सडक अतिक्रमण गरि सडकमैं ठेला राख्ने बारे आएको गुनासोमा ठेला हटाउने कार्य शहर भरमैं भएपनि कार्यालय समय पछि पुन: राख्ने गरेको , केही सडक योजना माग भईआएकाले आगामी आ.ब.मा राख्ने प्रण गरिएको , गुनासो आएपछि बागेश्वरी टोल, घरबारीटोल, भवानी टोल लगाएतमा बिद्युत बल्ब जडान गरेको, बिभिन्न टोलबाट फोहर मलाई लेखिएको डस्टबिन माग भएपछि न.पा. सरसफाई युनिटले बिभिन्न संस्थासंग सहकार्य गरि सानो डस्टबिन दिनका लागि नगरपालिकामा उपलब्ध गराईसकेको, बितरणको प्रकृयामा रहेको, वडानम्बर १४ मा स्विपर सरसफाई गर्न नगएको गुनासो आएपछि स्विपर बिरामी भएको जानकारी दिदैं अन्य स्विपर खटाईएको, बसपार्क, सल्यानीबाग हुादै डिएसपि रोड सम्मको बाटो हिंड्न नसक्ने भएको गुनासो आएपछि न.पा.ले ग्राबेलिंग खसाउने कार्य गरेको , कोरियनपुरको प्रगतिशिल मार्गमा पिच हुनबाट बंचित सडक पानीले डुब्ने गरेको गुनासो आएपछि असार ११ गते देखि ग्राबेलिंग खसाउने कार्य शुरु, गणेशमानचौक हुादै भृकुटिनगर जानेबाटोमा नालाबाट निकालिएको फोहर सडकमा राखिएको र बर्षात हुादा हिलाम्य भई हिंड्न नसकिने भएपछि स्थानीय मुकुन्द पोख्रेल लगाएतले गुनासो गरेपछि सो फोहर उठाईएको थियो, नेपालगञ्ज वडानं १ को आदर्श टोलको बाटो निर्माणमा भ्रष्टाचार भएको गुनासो आएपछि सो भ्रष्टाचार छानबिनको प्रकृया अगाडी बढेको लगायतका रहेको जनाएको छ ।

बासको आयोजनामा नेपालगन्ज नगरपालीकामा जन गुनासो संयन्त्र कार्य सिकाई परियोजना लागु गरिए पछि नगरपालीकामा केही मात्रामा काम भएको पाईन्छ । नेपालगन्ज नगरपालीकामा महिनामा कति गुनासाहरु आए र कति समाधान भए भनेर बासले मासिक रुपमा पत्रकार सम्मेलन गरि सार्वजनिक गर्दै आएको बासका निर्देशक नमस्कार शाहले बताए ।

Posted by Butwalonline on 7:39 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गुनासा समाधान हुदै, संयन्त्रको प्रभावकारिता बढ्दै"

Leave a reply