|

मस्कोमा एक नेपालीद्वारा ११ तलाबाट हामफालेर आत्महत्या

मस्को,असोज २१ - रुसको राजधानी मस्कोमा एक नेपालीले ११ तलाबाट हामफालेर आत्महत्या गरेका छन् ।नवलपरासीको दाउन्नेदेवी गंगावस्ती–५ का २९ वर्षीय नगेन्द्र ज्ञवालीले आत्महत्या गरेका हुन् । केही समयदेखि मानसिक तनावमा रहेका ज्ञवालीले २ अक्टोबरमा घरको ११ तलामाथिको सिसा फुटाएर हाम फालेको गैरआवासीय नेपाली संघ रुसले जनाएको छ ।

उनले आत्महत्या गर्नुको स्पष्ट कारण भने खुलेको छैन । बोत्किन्स्कयामा राखिएको ज्ञवालीको शव अन्तिम श्रद्धाञ्जलीपछि स्थानीय मितिनो क्रमातोरीमा अन्तिम संस्कार गरिएको छ ।

अन्तिम संस्कारमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रुसका पदाधिकारीका साथै मृतककी श्रीमती मिना ज्ञवालीको उपस्थिति थियो । श्रद्धाञ्जली तथा अन्तिम संस्कारमा गैरआवासीय नेपाली संघका रुसका अध्यक्ष उत्सव अमात्य, महासचिव डा. एक नारायण चापागाईं ,सचिव गणेश रामदाम, सदस्य एकनाथ दुवाडी, सल्लाहकार दिल्ली खरेल (सुमन)का साथै मस्कोका विभिन्न स्थानमा रहेका नेपालीहरु सहभागी भएका थिए ।
स्रोत :ऑनलाइन खबर 

Posted by Butwalonline on 6:05 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मस्कोमा एक नेपालीद्वारा ११ तलाबाट हामफालेर आत्महत्या "

Leave a reply