|

मोर्चा इन्चार्ज भारतमा पक्राउ

सुरेश यादव, जनकपुर, असार २-लामो समयदेखि प्रहरीको मस्टवान्टेड सुचिमा रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला समुह) धनुषा-महोत्तरी इन्चार्ज हतियार सहित भारतमा पक्राउ परेका छन्। मोर्चाका दुई जिल्लाको जिम्मा सम्हालेका इन्चार्ज जीवन त्यागी भनिने महोत्तरी भ्रमरपुरा -९ भगवतीपुरका इन्द्रजीत यादव समातिएका हुन्। उनलाई मंगलबार भारतीय प्रहरीले बिहारको सिरसिया गाउँबाट पक्राउ गरेको हो। उनीमाथि धनुषा, महोत्तरी र सर्लाही जिल्ला प्रहरी कार्यालयमा दर्जन भन्दा बढी अपराधको मुद्दा दर्ता भएको सम्बन्धित निकायले जनाएको छ।
दुई महिना अघि गाविस सचिव हकहित संरक्षण केन्द्र महोत्तरीका अध्यक्ष शिवराम पाण्डेमाथि भएको गोली प्रहार घटनामा पनि उनी संलग्न रहेको प्रहरीको दावी छ। भारतीय प्रहरीले दुई थान कटुवा पेस्तोल सहित उनलाई पक्राउ गरेको हो।
भारतीय प्रहरीले समान्य अवस्थामा उनलाई नेपाल प्रहरीको जिम्मामा दिन नमानेपछि बुधवार नेपाल प्रहरीका महोत्तरी प्रमुख मोहनराज जोशी र सीमा सुरक्षा बल महोत्तरीका सशस्त्र प्रहरी उपरिक्षक जनकबहादुर बोहराको संयुक्त टोली त्यस तर्फ लागेका छन्। उनीहरुले मोर्चा इन्चार्ज यादवलाई आफ्नो नियन्त्रणमा लिन भारतीय प्रहरी अधिकारीसित भेट्न त्यस तर्फ निस्केको डिएसपी रामेश्वरप्रसाद यादवले जानकारी दिए।
Source:NagarikNews

Posted by Butwalonline on 7:28 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मोर्चा इन्चार्ज भारतमा पक्राउ"

Leave a reply