यौन दुर्व्यवहार गर्नेलाई २५ वर्ष कैद
गुलरिया, श्रावण ५ -
जिल्ला अदालतले यौन दुर्व्यवहार गर्ने एक जनालाई २५ वर्ष कैद फैसला
सुनाएको छ ।कालिका गाविस-५ का हरिकृष्ण भुजेललाई बलात्कार, हाडनाता करणी र
नाबालिकामाथि जबर्जस्ती करणीको अभियोगमा २५ वर्ष कैद सजाय सुनाएको हो ।
जबर्जस्ती करणी मुद्दामा १० वर्ष, नाबालिका करणीमा ५ वर्ष र हाडनातामा १०
वर्ष गरी २५ वर्षे सजाय तोकिएको अदालतका श्रेस्तेदार सूर्यप्रसाद रेग्मीले
बताए । जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उक्त फैसला गरेको हो ।
अदालतका अनुसार बलात्कार अभियोगमा अरू व्यक्ति पनि सजाय भोगिरहेका छन् ।
शालिग्राम दमाईले बलात्कारको अभियोगमा ८ वर्ष कैद सजाय भोगिरहेका छन् ।
उनलाई एक नाबालिकामाथि जबर्जस्ती करणी अभियोग लागेको थियो । उनी जस्तै
प्रेमबहादुर चौधरी र तुलबहादुर घर्ती मगरलाई पनि अदालतले एक महिनाअघि ६
वर्षे कैदको फैसला सुनाएको छ ।
Source:kantipurNews
Source:kantipurNews
एस्तो अपराधी लाइ त फाँसी दिनु पर्ने हो / किन नेपाल सरकार ले कठोर कारवाही गर्न सक्दैन / यस्तै कारण ले गर्दा खेरी अपराधी हरुको मनोवल बढ्छ / अनि उनी हरु ले अपराध गरि रहन्छ्न म नेपाल सरकार संग के आग्रह गर्दछु भने कुनै पनी अपराधी होस तेस्लाई कठिन भन्दा कठिन कारवाही गर्ने गर्नु पर्छ / र बल्ल मात्र आउने दिन हरुमा एस्ता अपराधी हरु ले कुनै पनी अपराध गर्नु भन्दा पहिला सोच्नको लागी मजबूर हुनेछन /
तुलसीराम जि तपाईको विचार एकदम राम्रो हो,जबसम्म अपराधीले कठोर सजायको भागी हुदैन तबसम्म उ अपराधिक कामहरु गरिरहन्छन,कडा सजायको बेबस्था गर्नुपर्छ,यसकुरा मा सरकारको ध्यान जानु पर्यो