|

भगवान गौतम बुद्धको जन्मस्थल ६ महिना भित्र खुल्ला दिसा मुक्त क्षेत्र घोषणा हुने

माघ ४, २०६९।  आदर्श लुम्विनि गा.वि.स.मा खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।  रुपन्देही जिल्लालाई सन् २०१७ सम्म खुल्ला दिसा मुक्त क्षेत्र घोषणा  हुने|

कार्यक्रममा उद्घाटन सभाको अध्यक्षता आ। लुम्विनि गा.वि.स.का ख्(ध्ब्क्ज्(ऋऋ अध्यक्ष विष्णु खनालले गर्नु भएको थियोे भने प्रमुख अतिथि रुपन्देहिका नि० स्थानिय विकास अधिकारी गजेन्द्र शर्मा हुनुहुन्थ्यो । अतिथिहरुमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय योगिकुटीका प्रमुख नन्दलाल बान्जाडे र ले।अ। अब्दुल गफ्फार खाँ हुनुहुन्थ्यो । कार्यक्रममा सहभागिको रुपमा गा.वि.स. भित्रका सवै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, शिक्षक र विद्यार्थीहरु, सहकारी तथा क्लवका अध्यक्षहरु, आमा समूहहरु, स्वास्थ्य स्वयंसेवीका तथा गा.वि.स.भित्रका सवै संघसंस्था, राजनैतिक दलका प्रमुख पदाधिकारीहरु र पत्रकारहरु रहेका थिए ।

कार्यक्रमको सहजीकरण खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयका डिभिजन प्रमुख नन्दलाल बन्जाडे र प्राविधिक ईश्वरी प्रसाद आचार्य ले गर्नु भएको थियो । आ।लुम्विनि गा.वि.स.मा रहेका जम्मा १३१८ घरधुरी मध्ये चर्पी नभएका १०२१ घरधुरीमा एक घर एक चर्पी अभियान संचालन गरी वि.स.२०७० आषाढ मसान्त  सम्ममा पुरै गा.वि.स.लाई खूल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियोे । कार्यक्रममा स्थानिय बुद्दीजिवी हरु( अशोक कुमार गोश्वामि, जुबेर अहमद खाँ, सजरुद्दिन खाँ, अनिल अहमद र ईन्शाफ मुसलमानले बोल्नु भएको थियो ।

कार्यक्रममा यस गा.वि.स.को पूर्ण सरसफाई अभियान लाई सफल पार्न निम्न दानविरहरुले ख्(ध्ब्क्ज्(ऋऋ लाई रु १,०६,८००।०० ९नगद एकलाख ६ हजार ८ सय रकम० प्रदान गर्नु भएको थियो । कार्यक्रममा ख्(ध्ब्क्ज्(ऋऋ लगायत सबै उपभोक्ता समितिका पदाधिकारिहरु, स्थानिय कर्मचारीहरु र शिक्षकहरुले १ महिना भित्र अनिवार्य चर्पी बनाउने, २ महिना पछि घरमा चर्पी नहुनेहरुको कुनै पनि सिफारिस गा।वि।स।ले नदिने र सवैको साझा पहलमा २०७० आषाढ मसान्तमा आदर्श लुम्बिनि गा।वि।स।लाई खुल्ला दिसा मुक्त गा।वि।स। घोषणा गर्ने निर्णय गरिएको थियो । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि गजेन्द्र शर्माले बोल्दै पुनित कार्यमा गा।वि।स।वासीले देखाएको उत्साह प्रति धन्यवाद दिदै आदर्श लुम्बिनि गा।वि।स।छिट्टै खुल्ला दिसा मुक्त गा।वि।स। घोषणा हुन सकोस भन्ने शुभ कामना दिनु  भएको थियो । कार्यक्रम संचालन खा।पा।तथा स।स।स।डि का। का प्राविधिक ईश्वरीप्रसाद आचार्यले गर्नु भएको थियो ।

Posted by Butwalonline on 5:10 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भगवान गौतम बुद्धको जन्मस्थल ६ महिना भित्र खुल्ला दिसा मुक्त क्षेत्र घोषणा हुने"

Leave a reply