|

सहवास गर्न नपाएको झोकमा आफ्नै श्रीमतीको यौनांगमा आगो लगाए(भिडियो )

१४ पुस, काठमाडौं । दैलेखको नारायण नगरपालिका-६ नमुना वस्तीका कमारो बादी नेपालीले सहवास गर्न नपाएको झोकमा आफ्नै श्रीमती मनकला बादीको यौनांगमा आगो लगाएका छन् । पीडित मनकलाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार शुक्रबार बजारबाट मदिरा सेवन गरेका आएका उनीहरुबीच सहबासका विषयलाई लिएर झगडा भएको हुनसक्ने प्रहरीका अनुमान छ । इनिस्पेक्टर विनोद शर्माका अनुसार मनकला तिघ्रा, यौनांग र पिठ जलेको छ । ‘घटनाको प्रकृति हेर्दा यौनसम्पर्क गर्न नदिएकोमा आगो लगाएको जस्तो देखिएको छ’ शर्माले भन्नुभयो ।

तर, पीडित मनकलाले पटक-पटक बयान फेर्दा अनुसन्धान प्रभावित भएको उहाँले जानकारी दिनुभयो । विहानसम्म श्रीमानले अगुल्टो यौनअंगमा झोसेको बताएकी मनकलाले साँझ बयान फेरेकी छिन् ।

चिकित्सक र स्थानीय भद्रभलाद्मीको रोहबरमा साँझ लिइएको बयानमा भने मनकलाले श्रीमानले सलाई कोरर लगाएको बताएकी छिन् । ‘मलाई २/४ झापडा हिर्काए । अनि भात दे भने मैले सक्दिन भने’ बयानमा मनकलाले भनेकी छिन्-’त्यसपछि सलाई कोरेले गुन्यौंमा हालदिए । पोलिस्टरको गुन्यौं हृवारै बल्यो । पछि छोरीले पानी हालेर निभाइदिइन् ।’

आरोपित कमारोले भने झगडाका क्रममा आफूले घचेटेको र अगेनामा परेको दावी गरेका छन् । यद्यपी खाना पकाइसकेकाले उनले भनेजस्तो अगेनामा परेर आगो लाग्ने अवस्था नदेखिएको इनिस्पेक्टर शर्माले जानकारी दिनुभयो । आरोपित नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्रोत : ऑनलाइन खबर

Posted by Butwalonline on 5:38 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सहवास गर्न नपाएको झोकमा आफ्नै श्रीमतीको यौनांगमा आगो लगाए(भिडियो )"

Leave a reply