|

बाघ र भालुको आक्रमणमा परी एक जनाको मृत्यु चार घाइते

कावासोती, पुस १४ - नारायणी नदीमा माछा मार्दै गरेको अवस्थामा बाघको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गर्दा रजहर -२ का ६५ वर्षीय सीताराम बोटेको मृत्यु भएको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ।


रातको समयमा माछा मार्न श्रीमान् श्रीमती दुवैजना नदीमा गएको र आज बिहानपख बोटेलाई बाघले आक्रमण गरेको प्रहरी नायब निरीक्षक कृष्ण रानाभाटले जानकारी दिए ।

त्यसैगरी चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत अमलटारी मध्यवर्ती उपभोक्ता समितिको क्षेत्रमा खरखडाई काट्न जाँदा भालुको आक्रमणमा परेर चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको मध्यबिन्दु अस्पताल डण्डाले जनाएको छ।

घाइतेहरूमा अग्यौली-४ की टीकाकुमारी कार्की, कुमारवर्ती-७ की रुक्मिना लामिछाने, हरिकला अधिकारी र जेदुनाथ पाण्डे रहेका छन्।

उनीहरूलाई स्थानीयवासीले जङ्गलबाट उद्धार गरी अस्पताल ल्याएका थिए। भालुको आक्रमणमा परी गम्भीर घाइते भएकी टीकाकुमारी र रुक्मिनालाई थप उपचारका लागि भरतपुर पठाइएको छ।

पुस, माघ र फागुनमा खरखडाई खुल्ने हुँदा निकुञ्ज क्षेत्रमा मान्छेको चहलपहल बढ्ने गर्दछ भने सोही बेला जङ्गली जनावरहरू आहाराका लागि बस्ती भएको ठाउँतर्फ आउँछन्। रासस स्रोत :  नागरिक  न्यूज

Posted by Butwalonline on 5:28 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बाघ र भालुको आक्रमणमा परी एक जनाको मृत्यु चार घाइते"

Leave a reply