अवैध निकासीमा संलग्न ४ साधन सहीत ६ जना पक्राउ
किरणमान बज्राचार्य,कपिलवस्तु , माघ ५-कपिलवस्तुको सीमावर्ती चुरे क्षेत्रबाट अवैध रुपमा ढुंगा निकासी गरिरहेका चार साधन सहीत ६ जना पक्राउ परेका छन् । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू भएका महेन्द्रकोट गाविसमा पर्ने कोन्द्रे खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ निकासी गरिरहेको अवस्थामा सो साधन सहीत उनीहरु पक्राउ परको हुन । महेन्द्य्रकोटको हरिओम सामुदायिक वन र तिलौराकोट साझेदारी वनको सीमवर्ती क्षेत्रमा तिनीहरु पक्राउ परेका थिए ।
प्रतिबन्धित क्षेत्रबाट नदीजन्य पदार्थ निकालेको जानकारी पश्चात जिल्ला विकास समिति, बन कार्यालय, प्रशासन कार्याल सहीतको टोलीले दुई दिनमा लु १ ६४६ नम्बरको एक्साभेटर सहीत ६ जनालाई पक्रेको ईलाका वन कार्यालय पिपराका प्रमुख बोधराज सुबेदीले बताउनु भयो । गैरकानुनीरुपमा ढुंगा निकासी गरेको आरोपमा पाल्पाका संगे घर्तीमगर, महेन्द्रकोट गाबिसका तारा प्रसाद भुसाल, बरकुलपुर गाबिसका सुर्य नारायण चौधरी सहीत ६ जनालाई नियन्त्रण्मा लिईएको सुबेदीले बताउनु भयो । यस्तै टोलीले लु २ त १८०४ नम्बरको टेयाक्टर तथा लु १ ख क१९२६ र लु १ ख ८२१ नम्बरको ट्रक समेत पक्रेको थियो । छ वटा टिप्पर भने फरार भएको तथा तिनीहरुको खोजी भईरहेको बताईएको छ । यस्तै १५ दिन अघि पनि संयुक्त टोलीले टोलीले लु १ ख ६२३६, लु १ ख ६२५१ र ना ३ ख ६७८६ नम्बरको ट्रक नियन्त्रणमा लिएका थिए । स्थानीय राजनीतक दल, टाठाबाठाालई मिलाएर सो नाकाबाट अबैधरुपमा ढंगा निकासी अझै पनि नरोकिएको स्थानीयबासी बताउछन् ।
सर्वोच्च अदालतले समेत आन्तरिम आदेश जारी गरी रोकेको उत्खनन र निकासीको अवाज्ञा गर्दै अर्घाखाँची जिविसले प्रतिबन्धित चुरे क्षेत्रमा नदीजन्य पर्दाथमा ठेक्का लगाएपछि ठेकेदारहरुले चुरे क्षेत्रका साथै कपिलवस्तुका क्षेत्रमा समेत उत्खनन गरि ढुंगा, गिट्टी र बालुवा निकासी गरिरहेका छन् । अर्घाखाँचीले कपिलवस्तु संगको विगतका सीमा विवाद न सुल्झाई एक्कासी ठेक्का लगाएको जिविस कपिलवस्तुको आरोप छ । स्थानिय विकास अधिकारी राम प्रसाद पाण्डेले चुरे संरक्षणमा कपिलवस्तु प्रतिबद्ध देखिए पनि अर्घाखाँचीले भने त्यसको पालना नगरेको बताउनुहुन्छ । अर्घाखाँची जिविसको ठेक्काका कारण कपिलवस्तुका चुरे किनारका बस्तीहरु जोखिममा परेको समेत उहाँको भनाई छ । जानकारी दिनुभयो । जिल्ला बन कार्यालयले समेत चुरे संरक्षित क्षेत्रमा अर्घाखाँची जिविसले ठेक्का लगाउदा बन क्षेत्र अतिक्रमित हुदै गएको आरोप लगाउनुभयो । पक्राउ सवारी साधन र मानिसलाई वन ऐन अनुसार कारबाही प्रकृया अघि बढाईने वन कार्यालयका प्रमुख कृष्ण पोख्रेलले बताउनु भयो ।
