तिनाउ बोडिङ् स्कुलको खेल सप्ताह आज देखि सुरु
बुटवल, माघ ५ । तिनाउ बोडिङ् स्कुलको खेल सप्ताह आज (शुक्रबार) देखि सुरु भएको छ । विद्यालयका संस्थापक प्रार्चाय यज्ञमुर्ति पाण्डेले एक कार्यक्रमको विच खेल सप्ताहको उद्घाटन गरे । खेल सप्ताह अन्तर्गत आज (शुक्रबार) एथलेटिक्सअन्तर्गतका विविध खेलहरु सम्पन्न भएका छन् । जस अनुसार सिनियर छात्रा तर्फ १ सय मिटरको रेसमा रक्षा वि.क., मेनुका थापा, मन्जु श्रेष्ठ क्रमस प्रथम, द्धितिय र तृतिय भएका छन् ।
त्यस्तै सिनियर तर्फ २ सय मिटरको दौडमा छात्रा तर्फ ऐश्वर्य थापा र छात्र तर्फ विष्णु बराल प्रथम भए । त्यस्तै १ सय मिटर जुनियर तर्फको रेसमा छात्र तर्फ प्रज्वल चौधरी र छात्रा तर्फ अम्बिका ज्ञवाली प्रथम भएका थिए भने २ सय मिटर जुनियर तर्फको रेसमा छात्र तर्फ अनिल राना र छात्रा तर्फ अम्बिका ज्ञवाली प्रथम भएका थिए । त्यस्तै सटपुटतर्फ मदन न्यौपाने र रन्जिला थापा प्रथम भएका भए । त्यसैगरी ज्यावलिन थ्रो खेल तर्फ सुरज गुरुङ्, लजम्पतर्फ मदन न्यौपाने र हाइजम्प तर्फ सन्तोष पाण्डे प्रथम भएका थिए । प्रा.वि.स्तर तर्फको कुर्ची दौड प्रतियोगितामा आकृति परियार, रफि बाईट तर्फ रोनिश रेग्मी र आयुष शर्मा, इन आउट तर्फ मुस्कान पाण्डे र मिलन रायमाझी प्रथम भएका थिए । जुनियर ल८जम्प तर्फ दिनेश बोहोरा र विपना प्रनम प्रथम,पुर्व प्रा.वि तर्फ अंकिता खड्का, सुस्मिता श्रेष्ठ प्रथम भएका हुन ।
कुर्ची दौड तर्फ सखिमा ज्ञवाली र विवेक वाग्ले प्रथम भए । खेल सप्ताहको दोस्रो दिन आज (शनिबार) क्रिकेट, भलिवल, फुटवल र टिटि खेल सञ्चालन गरिने खेल संयोजक माधव घिमिरेले जानकारी दिए ।
