हर्नैया घटनाका दोषिलाई कडा कारवाहकिो माग
बुटवल ५ माघ । रुपन्देहीको हर्नैयामा दुई महिलाको विभत्स हत्या भएको घटनाप्रति मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले गंभिर ध्यानाकर्षण भएको जनाउर्दै सत्यतथ्य पत्तालगाई दोषिलाई कडा भन्दा कडा कारवाहीको माग गरेको छ ।
घटना घटेको लामो समयसम्म पनि घटनाको प्रारम्भिक विवरण सार्वजनिक गर्न नसक्नुले प्रशासनको कमजोरी रहेको भन्दै छिटोभन्दा छिटो घटनाको अनुसन्धानअघि बढाउन प्रशासनसंग माग गरेको छ । समाजका रुपन्देही शाखा सभापती कृष्ण पंगेनीद्धारा जारी प्रेस विज्ञक्तीमा हर्नैयाको घटना अत्यान्तै क्रुर र पासविक भएको ठहर गर्दै घटनाको अनुसन्धानलाई सहयोग पुग्ने गरि अभियक्तहरुको नजिक पुग्नका लागि सहयोग गर्न स्थानियवासीहरुमा आग्रह समेत गरिएको छ । सातै विज्ञक्तीमा आफन्त गुमाएको पिडामा छटपटाईरहेका आफन्त तथा परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको उल्लेख छ । मानव अधिकारको ठाडो उल्लखघनको घटनामा प्रहरी प्रशासन अझ वढि संवेदशिल भएर लाग्न आग्रह गर्दछौ विज्ञक्तीमा भनिएको छ ।