लोकतन्त्रकालागि सरकार चुनौती : जोशी
मुक्तिप्रसाद न्यौपाने,माघ ५, पाल्पा-नेपालमा दण्डहिनता मौलाउादै गएको अवस्थामा अराजनीतिक रुपमा प्रकट भएको अहिलेको सरकारनै लोकतन्त्र रक्षाकालागि चुनौति बनेको नेपाली कांग्रेसका विद्यार्थी विभाग प्रमुख नविन्द्रराज जोशिले बताएकाछन् ।नेपाली विद्यार्थी संघ पाल्पाको ११ औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै जोशीले अमानविय प्रवृत्ति देखाएको अहिलेको सरकारले जिउादै पुरिएका पत्रकार डेकेन्द्रको मुद्दामा समेत आफ्नै चरित्र चित्रण गरेको उल्लेख गर्दै लोकतन्त्रको खिलाप गर्नु सरकारकैलागि घातक हुने बताए । उनले भने–‘लोकतन्त्रलाई मजबुद बनाउन र तानाशाहलाई निर्मुल पार्न सक्ने नेपाल विद्यार्थी संघको नेतृत्व चयन हुनेछ ।’
नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजनप्रसाद पन्तले सर्वसत्तावादलाई लखेट्ने काम विद्यार्थीको कााधमा आएको उल्लेख गर्दै त्यसको नेतृत्वकालागि नेविसंघ तयार रहनुपर्ने बताए । नेविसंघका केन्द्रिय अध्यक्ष रञ्जित कर्ण, पूर्व केन्द्रिय सदस्य हिमालदत्त श्रेष्ठ, अजयमान कर्माचार्य, वीरबहादुर राना, माधव नेपाल, हरिबोल भट्टराई, मोतिलाल भण्डारी लगायतका नेताहरुले नेपालमा पार्टी संस्थागत गर्नकोलागि नेविसंघको अतुलनिय योगदान रहेको र हरेक नयाा परिवर्तनकालागि नेविसंघ तयार रहेको बताए ।
सोही अवसरमा हाल पार्टी र भातृसंगठनका विभिन्न तहमा रहेका नेविसंघका पूर्व जिल्ला अध्यक्षहरुलाई सम्मान समेत गरिएको थियो । अधिवेशनले नया नेतृत्व चयन गर्ने बताइएको छ ।
