प्रहरीको गोलीबाट घाइतेको मृत्यु, फेरी सुनसरी बन्द
इनरुवा, श्रावण १५ - प्रहरीको गोली लागि घाइते भएका सानु यादबको मृत्यु भएको बिरोधमा नेपाली काँग्रेस र मधेशवादी दलहरुले आइतवार सुनसरी सदरमुकाम इनरुवा सहित ग्रामिण वजारहरु बन्द गराएका छन् ।
बिहानैदेखि आयोजकहरुले सदरमुकाम इनरुवा सहित ग्रामिण वजारहरु हरिनगरा, देवानगन्ज, कप्तानगन्ज र रामनगर भुटहा लगायतका वजारमा प्रदर्शन गर्नुका साथै वजार पसल बन्द गराउँदै हिंडेका छन् ।
गत शुक्रवार भारततिरवाट ल्याउँदै गरेको कपास प्रहरीले नियन्त्रणमा लिएपछि उत्पन्न विवादका क्रममा सुनसरीको देवानगन्जमा प्रहरीले चलाएको गोली लागि स्थानिय सानु यादब घाइते भएका थिए ।
उपचारको क्रममा शनिबार साँझ यादबको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएपछि यहाँको स्थिति झन तनावपूर्ण बनेको हो । बन्दका कारण सदरमुकाम इनरुवाका कुनैपनि पसलहरु खुलेका छैनन् भने शिक्षणसँस्थाहरु पनि ठप्प छन् । प्रदर्शनकारीहरुले गोली चलाउने आदेश दिने प्रहरी निरीक्षक श्यामल सुब्बालाई कारवाही गरिनु पर्ने, मृतक यादबलाई सहिद घोषणा गर्नुपर्ने, आमनागरिकमाथी प्रहरी दमन बन्द हुनुपर्ने माग गरेका छन् ।
यसैबीच मृतक यादबको गाउँ देवानगन्जमा बिहानैदेखि भेला भएका सुनसरीको दक्षिणबर्ती गाविसका हज्जारौ सर्बसाधारणले देवानगन्ज वजारमा प्रहरीप्रशासन बिरुद्ध प्रर्दसन गरिरहेका छन् ।

साभार:कान्तिपुर