|

कार बम आक्रमणमा एक नेपाली घाइते

कान्दाहार (अफगानिस्तान), कार्तिक १४ - अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा भएको कार बम आक्रमणमा एक नेपाली घाइते भएका छन् ।
कान्दाहारस्थित राष्ट्रयसंघीय उच्चायुक्त कार्यालयमा भएको आक्रमणमा घाइते भएका ती नेपालीको पहिचान नखुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रान्तीय गर्भनर कार्यालयका अनुसार आत्मघाती कार बम आक्रमणमा चार जनाको मृत्यु भएको छ ।
अधिकारीहरुका अनुसार मारिएकामध्ये एक प्रहरी र तीन सर्वसाधारण छन् । कान्दाहार प्रहरी प्रमुख अब्दुल रज्जाकका अनुसार आक्रमणपछि विद्रोहीसँग नेटो र अफगान प्रहरीबीच गोली हानाहान भएको थियो ।
तालिवानी आक्रमणबाट मन्त्री भागेर बाँचे
पाकिस्तानको प्रमुख सत्तारुढ पार्टीको मन्त्रीमण्डलका एक मन्त्री तालिवानी आक्रमणबाट बाँच्न सफल भएको समाचारमा उल्लेख गरिएको छ । तालिवानी आतङ्ककारीले खैबर पाख्टुन्ख्वा प्रान्तमा यात्रा गरिरहेका उक्त मन्त्रीको सवारी साधनमाथि गोली प्रहार गरी आक्रमण गरेको थियो ।
प्रहरीका अनुसार मन्त्रीले यात्रा गरिरहेको सो कार बुलेटप्रुफ  थियो । मन्त्री अम्जाद खान अफ्रीदीलाई लक्ष्यगरी नै सो आक्रमण गरिएको प्रहरी स्रोतले जनाएको छ ।
कोहात जिल्लाका प्रहरी प्रमुख मुवारक जेवले मन्त्री सुरक्षित रहनुभएको एएफपी समाचार समितिलाई जनाउनुभएको छ ।
उक्त आक्रमणको तालिवानीहरूले गराएको दाबी गरेका छन् । सन् २००७ देखि हालसम्म आतङ्ककारी क्रियाकलापमा ४७ सयभन्दा बढी व्यक्तिको ज्यान गुमाइसकेका छन् ।
                                                                                                                                 स्रोत :कांतिपुर न्यूज

Posted by Butwalonline on 5:55 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कार बम आक्रमणमा एक नेपाली घाइते"

Leave a reply