बुद्ध जन्मस्थलबारे भ्रममा नपर्न आग्रह
सियोल, कार्तिक १४ - एमाले नेता केपी शर्मा ओलीले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रचार प्रसार र बिकासमा जोड दिनुपर्ने बताएका छन् ।
कोरियाको सियोलमा नेपाल बौद्ध परिवार कोरियाले आयोजना गरेको बुद्धको जन्मभूमि शान्तिको उद्गमस्थल बिषयक एक दिने अन्तरराष्ट्रिय विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले मानव शान्तिका दूत गौतम बुद्धको जन्मस्थल बारे रहेका भ्रमहरु हटाउन पनि सबैले आ–आफ्नो क्षेत्रबाट तदारुकताका साथ प्रयास गर्नुपर्ने बताए ।
ओलीले अरबौं बौद्ध धर्मवालाम्बीहरुका लागि मात्र नभएर सिंगो शान्तिकामी मानवकै आस्थाको केन्द्रबिन्दु मानिएको लुम्बिनीको आधुनिक बिकासका लागि सबैले आ–आफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्ने उनको भनाई थियो ।
विचार गोष्ठीमा नेपाली राजदुत कमलप्रसाद कोइरालाले बुद्ध र लुम्बिनीको प्रचारका साथै यस सम्बन्धि लेखिएका गलत बुँदा र बिषयहरुलाई सच्याउनु प्रभाबकारी हुने बताए ।
लुम्बिनी बिकास कोषका उपाध्यक्ष आचार्य कर्म सम्बो शेर्पाले गौतम बुद्ध लुम्बिनीमा जन्मिएको प्रमाणहरु पेशा गर्दै कोरियाका लेखक र प्रकाशकहरुलाई बुद्धको जन्मस्थल नेपालको लुम्बिनी हो भनेर सुधार्न आग्रह गरेका थिए ।
संस्थाका अध्यक्ष इश्वर गुरुङको सभापतित्वमा भएको सो गोष्ठीमा नेपाल परम्परागत बौद्ध संघका अध्यक्ष डा. नरेशमान बर्जाचार्य, उइदक बौद्ध विश्व बिद्यालयका प्राध्यापक किम यङ दक, बंगलादेशका राजदुत सहिदुल इस्लाम र कोरियाका बिभिन्ना गुम्बाका भिक्षुहरुले भगवान गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी नै भएकाले लेखक प्रकाशकलाई आगामी प्रकाशनहरुमा वास्ताविकता लेख्न आग्रह गरेका थिए ।

स्रोत :कान्तिपुर न्युज