जापानमा एक नेपाली महिलाद्वारा आत्महत्या
टोक्यो,असार १४-जापानमा राजधानी टोक्योको आसागयामा एक नेपाली महिलाले गएराती आत्महत्या गरेकी छिन् ।अर्घाखांची धारापानी गाविसकी अमृता थापाले गएराती आफु वस्ने घरको वाथरुपममा पासो लगाएर आत्महत्या गरेको त्यहांबाट संचालित कम्युनिटी न्यूज पोर्टल टोक्यो नेपाल डटकमले जनाएको छ ।
करिव एक बर्षअघि जापान आएकी २५ बषिर्य थापा श्रीमान चेतनारायण थापासंगै वस्दै आएकी थिइन् । श्रीमान कामबाट आएपछि दुईजनावीच झगडा भएपछि अमृताले आत्महत्या गरेको बताइएको छ ।अहिले प्रहरीले थापाको शव र मृतकका श्रीमान चेतनारायणलाई नियन्त्रणमा लिएको बताइएको छ ।