|

नेपालमै पहिलो पटक पत्रकार महासंघ बाँकेद्धारा पुस्तकालय सञ्चालन


हेमराज भट्ट/नेपालगन्ज,असार १४ - नेपाल पत्रकार महासंघ,  बाँके  शाखाले आजदेखि विधिवत रुपमा पुस्तकालय सञ्चालनमा ल्याएको छ । पत्रकार महासंघको इतिहासमै पहिलो पटक  बाँके  शाखाले नेपालगञ्ज –५ गणेशपुरस्थित आफनै कार्यालय भवनमा आजदेखि औपचारिक रुपमा पुस्तकालय सञ्चालनमा ल्याएको हो । 


शाखाको करिव एक बर्ष अघि बसेको बैठकको निर्णयानुसार पुस्तकालय तथा सुचना केन्द्रको व्यवस्थापन र सञ्चालन प्रक्रिया तयारी भइरहेका बेला प्लान नेपाल  बाँकेले आम सञ्चार, पत्रकारिता, बाल बालिका, युवासाग सम्बन्धित विभिन्न पुस्तक तथा आवश्यक फर्निचर सहितको सहयोग गरेपछि पुस्तकालय सञ्चालनले सार्थकता पाएको हो ।

महासंघको कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच प्लान नेपाल  बाँकेका प्रमुख प्रेमराज पन्तले पत्रकार महासंघ  बाँके शाखाका अध्यक्ष शुक्रऋषि चौलागाईलाई पुस्तकहरुको नामावली सूचिसहित दराजको सााचो हस्तान्तरण गर्नुभयो । प्लानले करिब दुई लाख बराबरको पुस्तकहरु र पर्निचर सहयोग गरेको छ । पत्रकारिता, बालबालिका युवा, साहित्य, राजनीति, इतिहास क्षेत्रका १३० वटा विभिन्न पुस्तक, दुई वटा दराज, अध्ययनका लागि टेवुल, २५ वटा कुर्सी लगायतका सामाग्री उपलब्ध गराइएको छ ।

कार्यक्रमका प्रमुख अतिथी  बाँकेका जिल्ला शिक्षा अधिकारी भक्तबहादुर ढकालले पत्रकार महासंघको पुस्तकालय सञ्चालनले बालबालिका, युवा लगायत सबै बर्ग, समुदायको  मिडीयामा सहज पहुाच हुनुका साथै तिनका सवाल र मुद्धा पनि सार्वजनिक हुने विश्वास व्यक्त गर्नु भयो । व्यवस्थित बनाउन सके पुस्तकालयले पत्रकारसागै आम नागरिकको चौतर्फी विकासमा समेत मद्दत  पुर्‍याउने बताउनु भयो ।
प्लान नेपाल  बाँके प्रमुख प्रेमराज पन्तले समग्र सवालको मुद्दा उठाउने पत्रकारहरुको छाता सगंठन पत्रकार महासंघको कार्यालयमा पुस्तकालय स्थापना तथा सञ्चालनले बालबालिका तथा युवाका सवालमा सञ्चारकर्मीलाई थप जिम्मेवार र उत्तरदायि बनाउने बिश्वास व्यक्त गर्दै आगामी दिनमा पनि  सहयोगको  निरन्तरता दिने प्रतिवद्धता गर्नुभयो ।

दुईलाख बराबरका पुस्तक तथा अन्य सामाग्री हस्तान्तरण गर्दै प्लान नेपाल  बाँकेका प्रमुख प्रेमराज पन्त  
पत्रकार महासंघ शाखा अध्यक्ष शुक्रऋषि चौलागाईले महासंघको भवनलाई बहु उपयोगी भवनका रुपमा विकास गर्ने अभियान अन्र्तगत पुस्तकालय सञ्चालनसागेै सूचनाकेन्द्र बनाउने प्रक्रिया पनि बढाईसकिएको जानकारी गराउादै पुस्तकालयसम्म सबैको पहुच र पुस्तकालयको व्यापक सदुपयोग गर्न तर्फ प्रभावकारी र विशेष कदम चालिने बताउनु भयो ।

पुस्तकालय उद्घाटन कार्यक्रममा बोल्दै पत्रकार महासंघ  बाँकेका अध्यक्ष शुक्ररिसी चौलागाई ।  
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेल, जिल्ला बाल कल्याण समिती बााकेकी सविता राना, पत्रकार महासंघ  बाँकेका पुर्वसभापति पन्नालाल गुप्ता, निरज गौतम, झलक गैरे, न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य सुर्यलाल यादव, जिल्ला युवा सञ्जालका अध्यक्ष आशिष बर्मा, बासका निर्देशक नमस्कार शाह लगाएतले शाखामा पुस्तकालय स्थापनाले पत्रकारिता विकास र सञ्चारकर्मीलाई अपडेट गराउन सहयोग पुग्ने भएकाले दिगोपना र व्यवस्थापनमा बिशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

पत्रकारहरुको क्षमता, दक्षता अभिबृद्धिका लागि पुस्तकालयले अहंम भूमिका खेल्ने बताउादै शाखा सचिव राकेश कुमार मिश्रले केही दिनमै सबै पाठकलाई पढन दिइने बताबरणको तयारी भइरहेको बताउनु भयो ।

Posted by Yam on 7:36 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपालमै पहिलो पटक पत्रकार महासंघ बाँकेद्धारा पुस्तकालय सञ्चालन"

Leave a reply