|

मुस्लिम धर्मगुरुको जन्मोत्सवमा बुटवलमा र्‍याली


बुटवल, माघ १२- मुस्लिम धर्मगुरु पैगम्बर हजरत मुहम्मद मुस्तफाको १४८७ औं शुभजन्मोत्सवको खुशीयालीमा आज बुटवलमा बजार र्‍याली निकालिएको छ । स्वल्लल्लाहो अलैहे वसल्लमको १४८७ औं शुभजन्मोत्सवको अवसरमा रजा–ए मुस्तफा मस्जिद समिति बुटवलले बजार र्‍याली निकालेको हो ।
बुटवल–३ स्थित रजा ए मुस्तफा मस्जिद समिति परिसरबाट सुरु भएको र्‍याली नेपालगञ्ज रोड, पुरानो बसपार्क, गोलपार्क, ट्राफिक चोक, पुष्पलाल पार्क हुादै राजमार्ग चौराहामा पुगेर समापन भएको थियो । र्‍यालीमा हजारौं मुस्लिम समुदायको सहभागिता रहेको थियो ।

र्‍यालीपछि गरीब तथा असहायका साथै सहभागीलाई खाना व्यवस्था समेत गरिएको समितिका उपाध्यक्ष मकबुल मियाले बताउनुभयो । शुभजन्मोत्सवको अवसरमा समितिले हिजो लुम्बिनी अञ्चल अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको थियो ।

धर्मगरु मुस्ताफाको जन्मोत्सवको अबसरमा मुस्लीम समुदायले भैरहवा लगाएतका रुपन्देहीका बिभिन्न ठांउहरुबाट आएका हजारौको संख्यामा सहभागीहरुले र्‍याली निकाली नगर परिक्रमा गरि भैरहवाको देवकोटा चोक तथा जिल्ला प्रशासन कार्यालय अगाडी कोण सभा समेत गरेका छन् । सभामा बोल्दै मुस्लीम समुदायका अगुवाहरुले मुस्लीम समुदायको धर्मगरु पैगम्बर मुस्तफाको जन्मोत्सवमा सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग गरेका छन् ।

मुस्लीम धर्मालम्बीहरुले हरेक बर्ष आफ्नो आम्दानीको साढे २ प्रतिशत रकम धार्मिक तथा सेवा मुलक कार्यक्रमका लागि दान गर्दै आएको बताउदै सामाजिक सद्भाव कायम गर्न सबैसंग आग्रह गरेका थिए ।

Posted by Butwalonline on 5:30 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मुस्लिम धर्मगुरुको जन्मोत्सवमा बुटवलमा र्‍याली"

Leave a reply