कपिलबस्तुको चन्द्रौटामा निशुल्क एक दिने आाखा शिबिर सम्पन्न
बुटवल, १२ माघ । नेपाल नाई संघ रुपन्देहीले कपिलबस्तुको चन्द्रौटामा निशुल्क एक दिने आाखा शिबिर सम्पन्न गरेको छ ।चन्द्रौटा स्थित राष्ट्रिय उच्च माबिमा भएको शिबिरमा २ सय १० जनाले आंखा पश्क्षिण गराएका थिए । उनीहरु मध्ये ७२ जनालाई मोतिया बिन्दु भेटीएको नाईसंघ रुपन्देहीका अध्यक्ष सफातुल्लाह रजाले बताउनु भयो ।
शिबिर लायन्स आंखा अस्पताल बुटवलको सहयोगमा भएको थियो । मोतिया बिन्दु भेटीएका बिरामीलाई लायन्स आाखा अस्पताल बुटवलमा पठाईएको पनि उहााले जानकारी गराउनु भयो ।