|

कपिलवस्तु महोत्सवको दोश्रो दिन ६ बजार बढि दर्शकद्धारा मेला अवलोकन

बुटवल, माघ १२ - कपिलवस्तु महोत्सवको आज दोश्रो दिन ६ बजार बढि दर्शकले मेला अवलोकन गरेका छन् । स्वदेशी उद्योग, उत्पादन र उद्यमीहरुको प्रवर्धन गरौं ऐतिहासिक पुरातात्विक सम्पदा तथा कला संस्कृतिको संरक्षण गरौ भन्ने मुल नाराका साथ कपिलवस्तुको बुद्धरंगशाला चारनम्बरमा बिहीवार देखि शुरु भएको महोत्सवमा २० लाख वढिको कारोवार भएको लेखा समितिका संयोजक अमित पौडेलले बताएउनु भयो ।


महोत्सवमा स्थानीय तथा राष्टिय कलाकारहरुको विशेष प्रस्तुती रहेको थियो । महोत्सवमा कलाकार प्रजापति पराजुली, सरला पाण्डे तथा हास्य कलाकार दिपक थापाले दर्शकरुलाई थप मनोरञ्जन दिई दर्शकहरुलाई नचाएका थिए । त्यस्तै आजै कपिलवस्तु महोत्सव डान्स आइडियलमा छनौट भएका टप टेन कलाकारहरुको प्रस्तुती थियो । छनौटमा परेका टप टेन कलाकारहरुलाई भोटिङका छुट्टै स्टल राखि दर्शकहरुले भोट दिएका थिए । कपिलवस्तुको विकास, पहिचान तथा स्थानिय स्तरका साना उद्योगहरुलाई प्रर्वद्धन गर्न यस कपिलवस्तु महोत्सवले उल्लेख्य भूमिका निर्वाह गरेको महोत्सव मुल समितिका संयोजक देवी प्रसाद पाण्डेले बताउनु भयो ।

महोत्सवमा ३ सय वढि स्टल रहेकामा मुख्य गरी कृषिजन्य वस्तुहरुको प्रदर्शनी, धुवारहित सुधारिएको चुलो, ऱ्याट ट्रयाप प्रविधी गर्मीमा चिसो र चिसोमा तातो हुने घर बनाउने नया प्रविधी बारे जानकारी , स्थानीय सस्कृति झल्कने खालको खानको परिकार जस्ता मुख्य स्टलहरु दर्शकहरुको भिड लागेको थियो ।

Posted by Butwalonline on 5:39 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कपिलवस्तु महोत्सवको दोश्रो दिन ६ बजार बढि दर्शकद्धारा मेला अवलोकन"

Leave a reply