|

रामापुर क्याम्पसमा आज हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बुटवल, माघ १२- बुटवल, माघ १२/ अनेरास्ववियु सहिद नारायण पोखरेल रामापुर क्याम्पस कमिटीको आयोजनामा आज हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

दशवटा समूहले भाग लिएको प्रतियोगितामा बिबिएस प्रथम वर्षका सन्तोष खनाल, सरोज खनाल र पुनम पन्तको समूह प्रथम, बिबिएस दोस्रो वर्षका सागर सापकोटा, दीपा रेग्मी र शिव बि.क.को समूह द्वितीय र बिएड तेस्रो वर्षका सीता चालिसे, यमुना थापा र रेश्मा श्रेष्ठको समूह तृतीय भएका थिए ।

कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य वसन्त ढकाल, महेन्द्र गिरी, रुपन्देही जिल्ला अध्यक्ष सरोज पोखरेल, सदस्य लेखनाथ खनाल लगायतको उपस्थिति थियो । अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष खेलबहादुर सेरबुजाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव तारा पुरी, सन्तोष पोखरेल, प्राध्यापक दामोदर पाण्डे लगायतले बोल्नुभएको थियो ।

Posted by Butwalonline on 5:42 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रामापुर क्याम्पसमा आज हाजिरीजवाफ प्रतियोगिता सम्पन्न"

Leave a reply