|

अब नेपलमा पनि नागरिकताको सट्टा राष्ट्रिय परिचयपत्र

काठमाडौं, मंसिर १३ - आगामी मंसिरभित्रै नागरिकताको सट्टा राष्ट्रिय परिचयपत्र वितरण थालिसक्ने गरी सरकारले प्राविधिक तयारी अघि बढाएको छ।

सबै नागरिकको व्यक्तिगत विवरण राष्ट्रिय तथ्यांक भण्डारमा समावेश गर्दै परिचय नम्बर प्रदान गर्ने गरी राष्ट्रिय कार्ड वितरण गर्न लागिएको हो। सरकारले मेसिनले पढ्न सक्ने (मेसिन रिडेबल) कार्डका रूपमा राष्ट्रिय परिचयपत्र छाप्ने उपकरण खरिदको टेन्डर प्रक्रिया थालिसकेको छ।

फोटो, हस्ताक्षर, औंठाछापलगायत सम्पूर्ण व्यक्तिगत विवरणसहितको 'एटिएम कार्ड' आकारकै कार्डको नमुना गृहमन्त्रालयले मन्त्रिपरिषदमा पठाइसकेको छ।तीन चरणमा पाँच वर्षभित्र देशभरका १६ वर्ष उमेर पूरा भएका सबैलाई विद्युतीय कार्ड वितरण सकिनेछ । नेटवर्किङ सिस्टमबाट उक्त कार्ड देशभरका तोकिएका सरकारी कार्यालयमा प्रयोग हुनेछ। हाल राष्ट्रिय परिचयपत्रका लागि सरकारले सबै जिल्लामा नेटवर्किङ, क्षेत्रीय, जिल्ला र केन्द्रमा आवश्यक यन्त्र एवं उपकरण जडान, व्यक्तिगत विवरण प्रशोधन केन्द्र निर्माणको काम भइरहेको छ। गृह प्रवक्ता शंकर कोइरालाका अनुसार यो परिचयपत्र जारी भएपछि अर्काको नाउँमा हुने जालसाजी, करछली नियन्त्रणमा सघाउ पुग्ने बताए। 'बाहकको औंठाछाप नै भएपछि अर्काको नाउँमा जालसाजी गर्ने डर हुँदैन,' कोइरालाले भने, 'परिचय नम्बरमा उसले देशका सबै ठाउँबाट लिएको सेवा अपडेट हुने भएकाले कसले के गर्‍यो कार्डबाटै सजिलै पत्ता लगाउन सकिन्छ।'
 स्रोत :नागरिक

Posted by Butwalonline on 7:29 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अब नेपलमा पनि नागरिकताको सट्टा राष्ट्रिय परिचयपत्र"

Leave a reply