बस्ती स्तरीय योजनामा बढ्यो महिला सक्रियता
मुक्तिप्रसाद न्यौपाने-पाल्पा । सधैं घरको चुलो चौकोमा सिमित हेक्लाङ्ग ९ पाल्पाकी सावित्रा सारुको दैनिकी फेरिएको छ । उनलाई अहिले गाउामा सञ्चालन हुने बैठकमा सहभागी हुादा फुर्सद छैन । पहिले गाउामा कसरी योजना छनौट गरिन्छ भन्ने विषयमा जानकारी थिएन । उनी गाविसका योजना तर्जुमा कसरी गर्ने, कुन योजनालाई प्राथमिकता दिने भन्ने विषयमा गाउा हुने बैठकमा छलफल गर्न सक्ने भएकी छन् । स्थानीय स्वायत्त शासन ऐन २०५५ का बारेमा उनलाई राम्रो ज्ञान छ ।
समुदाय र बस्तीका समस्या वडा नागरिक मञ्चमा छलफल हुन्छ । छलफलमा धेरै महिलाको सहभागिता हुन्छ । समाजमा पहिले बुहारीलाई घरको काममात्र दिने गरिन्थ्यो । अहिले बुहारीको भूमिका फेरिएको छ । घरको धन्दा सकेर गाउँमा हुने सभा बैठकमा सहभागी हुन कसैले छेकेको छैन् । यसले समाजमा हेलमेल बढाएको छ । समाजमा बढेको हेलमेलले खेतीपाती र मेलापात गर्न उनलाई सजिलो भएको छ ।
अहिले अधिकांश गाउा विकास समितिमा सञ्चालन हुने कार्यक्रममा महिला सहभागिता बढेको छ । चापपानी–५ लाट्डााडाकी मुना ढकाललाई खेतीपाती लगाउने र भित्र्याउने बेला सार्है समस्या हुन्छ । उनले भनिन् ‘बैठकमा सहभागी हुादा मेलापात गर्न समस्या हुन्छ तर के गर्ने गाउाको विकासका लागि महिला नै जागरुप हुनुपर्दो रहेछ, सबै दाजुभाइ विदेश लागेका छन् ।’ गाउा परिषद्मा महिलाको सक्रियता बढाउन महिलालाई नै प्रेरित गर्छिन् ढकाल । पहिले गाउा परिषद् भन्ने कुरा सुन्न पनि पाईदैनथ्यो । अहिले स्थानीय स्तरमा योजनाका विषयमा छलफल हुन्छ ।
जिल्लाका पैसठ्ठी वटै गाउा विकास समितिमा स्थानीय शासन तथा सामुदायिक कार्यक्रम लागु भएपछि महिलाको सक्रियता बढेको महिला तथा बालवालिका कार्यालयकी शुष्मा रेग्मीले बताईन् । वस्तीस्तरीय योजनाबाट गाउा विकास समितिले योजनाहरु सुनवाई गरेको अनुभूति गरेका महिलाले अहिले प्रत्येक बैठकमा सहभागिता वृद्धि गरेको रेग्मी बताउाछिन् ।
कसेनी गाविसमा लक्षित महिला कार्यक्रम अन्तर्गत कानुनी साक्षरता, स्वास्थ्य तथा जनचेतना तालिममा ५० हजार रुपैयाा खर्च गरेर गाविसका एक सय बीस जना महिलाको क्षमता अभिवृद्धि गर्न सफल भएको कसेनी–४ सराईकी कमला ढकालले बताइन् । “के गर्ने सबै थोक पढाईनै रहेछ, समयमै सोचेको भए अहिले म पनि केही हुन्थे होला–” उनले भनिन् ।
लोकतन्त्र,सरकारी कोष र त्यसको परिचालन, गाविसमा आउने रकम लगायत बारेमा राम्रो जानकारी पाएको उनको भनाई छ । अहिले गाउँका विभिन्न कार्यक्रममा महिला सहभागिता बढ्दै गएको छ । असोज १६ गते सञ्चालन भएको गाउा विकास समितिको वार्षिक समीक्षा कार्यक्रममा सहभागी ६६ मध्ये ३८ जना महिला सहभागी रहेको गाविस सचिव मिरा क्षेत्रीले बताइन् ।
खानीगाउा पाल्पाकी लोकतन्त्र सहजकर्ता अञ्जना शर्मा भन्छिन्, ‘जुनसुकै बैठकमा पुरुषको तुलनामा महिलाको सहभागीता न्यून हुन्थ्यो । वस्तीस्तरीय योजना तर्जुमा महिलाको उल्लेखनीय सहभागिता देखियो । जसले गर्दा गाविसका कार्यक्रमको प्रभावकारितामा वृद्धि भएको छ’– उनले भनिन् ।
शर्माका अनुसार, वडा नं. ३ को उर्लेनी, कल्लाबारी, छाप र टााकीचौर बस्तीमा पााचौ दिनसम्म बैठकमा पुरुष सहभागी संख्या १ सय ९८ थिए । महिला सहभागिता २ सय ६२ जना रहेको थियो । वडा नं. ४ मा पुरुष सहभागिता ६२ रहेकोमा महिला सहभागिता १ सय २६ रहेको थियो । वडा नं. ६ मा १ सय ३६ पुरुष सहभागी रहेकोमा २ सय ८२ महिला सहभागी थिए । सधै फुर्सदिला देखिने महिलालाई अहिले पधेंरामा जाादा अर्काको विषयमा कुरा गर्ने फुर्सदै छैन । बरु उनीहरुमा गाउामा कसरी योजना सम्पन्न गर्ने र महिलालाई जागृत गर्ने भन्ने विषयमा कुरा गर्न मन लाग्न थालेको छ । हुमिन गाविस कि भिमीसरा सारुले अहिले गाउँमा सामाजिक सहयोग पाउने वातावरण बनेको बताइन् ।
उनका अनुसार, घर र गोठ आगलागी भएपछि जाडो याममा दुई महिनासम्म आकाशको छानोमुनी बस्नु परेको बाध्यताका विषयमा महिलाहरुले आवाज उठाएपछि जिल्ला विकास, जिल्ला प्रशासन र रेडक्रसबाट ४ हजार ५ सय नगद र कपडा, भााडा र त्रिपाल उपलब्ध भएको थियो । अहिले यस गाविसमा विकास निर्माण तथा अन्य कार्यक्रमको नेतृत्व पंक्तिमा महिलाको उल्लेखनीय सहभागिता देखिएको छ ।
पहुाचका आधारमा बजेटको विनियोजन हुने अवस्थालाई महिलाले पनि चिर्न सफल भएका छन् । महिला पनि प्राथमिक योजानाका बारेमा जानकार हुन थालेका छन् । उनीहरु पनि आफ्ना आवाज बुलन्द गर्न सक्ने भएकाछन्–भुमिसरा भन्छिन् ।
विकसित नेपाली समाजका महिलाहरु गाउामा आउने प्रत्येक कार्यक्रममा सहभागि भएर मात्र हुादैन । कार्यक्रमबाट ठोस उपलब्धि प्राप्त गर्नु जरुरी छ ।
