|

निरोगीपनका लागि नियमित योग र प्राणायम आवश्यक

राजेश कुमार अर्याल,पाल्पा– जेष्ठ नागरिक समाज जिल्ला समिति पाल्पाले निरोगीपनका लागि योग र प्राणायममा ध्यान दिन आग्रह गरेको छ ।

दिनहु योग प्राणायाम गर्ने र प्राकृतिक चिकित्सा विधि अपनाउने हो भने शरीर स्वस्थ हुने समाजको ठहर छ । समाजका केन्द्रीय अध्यक्ष भवानीशंकर पौडेलले आफू कुनै बेला अल्सरको समस्याले ग्रसित हुादा उपचार गराउादा गराउादा आजित भएर आत्महत्या गर्ने चिन्तनमा पुगेको र पछि प्राकृतिक चिकित्साबाट उपचार गरेर निको भएको बताउनुभयो । उहााले जुनसुकै रोगको उपचार पञ्चतत्वको प्रयोगबाट हुने र एलोपेथिक औषधी नचाहिने जानकारी दिनुभयो । नेपालीले पानी खानसमेत नजानेको उल्लेख गर्दै उहााले एकपटकमा ४/५ गिलास पानी खाने, भात खानुभन्दा अघि र पछि पानी नखाने, रुघा लागे तातो पानी खाइरहने गर्नुपर्ने सुझाव दिनुभयो ।

जेष्ठ नागरिक समाज जिल्ला समिति पाल्पाले गाउा गाउामा सदस्यता र संगठन विस्तार गर्ने निर्णय गरेको छ ।मदनपोखरामा आज बसेको बैठकले सदस्यता विस्तार, वैंक खाता सञ्चालन बसेको छ । समितिका सदस्य ज्ञानु आत्रेयले उपस्थितहरुलाई स्वागत गर्नुभयो । सोमनाथ अर्यालले मदनपोखराको शाारदा उच्च माध्यमिक विद्यालयमा चलेको योग शिविर र सहभागिको आकर्षण बारे जानकारी गराउनुभयो । बैठक समाज जिल्ला समितिका उपाध्यक्ष गुणाकर अर्यालको अध्यक्षतामा बसेको हो । समाजले मदनपोखराको शारदा उच्च माध्यमिक विद्यालयमा योग शिविर सञ्चालन गरेको छ । ७ दिनसम्म चल्ने शिविरमा करिव १ सय जना सहभागि छन् ।


Posted by Butwalonline on 7:38 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " निरोगीपनका लागि नियमित योग र प्राणायम आवश्यक"

Leave a reply