|

वैदेशिक रोजगारीमा ठगिनु भयो भने के गर्ने ?

काठमाडौँ, मंसिर १३ - वैदेशिक रोजगारीका क्रममा ठगीमा परियो भने उजुरी गर्न सकिने केही अवस्था यसप्रकार छन्
-कुनै एक देशमा पठाउन भनी सम्झौत गर्ने, पैसा लिने तर दोस्रो देश पठाएमा
-रकम असुल गरी भागेको खण्डमा,
-नक्कली कागजात देखाई विदेश पठाउने कोसिस गरेको खण्डमा
-इजाजत प्राप्तवालाले व्यक्तिगत रूपमा कामदार पठाउने कोसिस गरेमा,
-विदेशमा लगेर अलपत्र पारी स्वदेश फर्कन परेको खण्डमा
-प्रवेशाज्ञा शुल्क, सेवा शुल्क तथा प्रवद्र्धन खर्च बढी लिएमा
-करार विपरीत कार्य गरे-गराएमा

यस्तो अवस्थामा पिडित व्यक्तिले आफूसँग भएका सबुतप्रमाणसहित रकम बुझाएको भौचरका आधारमा कारबाहीका लागि निवेदन दिन सक्छन्। सम्बन्धित पीडितका परिवारका सदस्यहरू नै उपस्थित भई वैदेशिक रोजगार विभाग, तिनकुने, काठमाडौँको उजुरी शाखामा उजुरी गरी कारबाही अगाडि बढाउन सकिन्छ। उजुरी गर्दा कसुर गरेको मितिले एक वर्षभित्र गरिसक्नुपर्छ। यदि एक वर्षभित्र उजुरी नदिएमा सोउपर कारबाही नहुने व्यवस्था छ। तर, विदेश गएको कामदारको हकमा स्वदेश आइपुगेको मितिले एक वर्षभित्र उजुरी दिन पाइन्छ। पीडितहरूलाई क्षतिपूर्तिका लागि वैदेशिक रोजगार सम्बन्धी ऐन २०६४ ले विभिन्न व्यवस्था गरेको छ। ऐनमा विदेशमा पठाउँदा लागेको खर्चसमेत वैदेशिक रोजगारमा पठाउने कम्पनीले बेहोर्ने कानुनी प्रावधान छ। अवस्था हेरी दोषीलाई अधिकतम सात वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ।

तपाईँलाई विदेशमा कसले सहयोग गर्न सक्छन् ?
• आफ्नो देशको दूतावास, कन्सुलर वा श्रम सहचारीहरू
• श्रम कार्यालय, मेनपावर कम्पनी
• त्यस देशका मजदुर युनियनहरू, प्रवासी मजदुर युनियनहरू
• धार्मिक संघ/संस्थाहरू( चर्च, गुम्बा इत्यादि) वा प्रवासी उद्धार संस्थाहरू
• मानव अधिकारवादी संघ/संस्थाहरू
स्रोत :नागरिक

Posted by Butwalonline on 7:14 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " वैदेशिक रोजगारीमा ठगिनु भयो भने के गर्ने ?"

Leave a reply