|

आजदेखि सातामा ५६ घन्टासम्म लोडसेडिङ (तालिकासहित)

काठमाडौं , मंसिर १३ - नेपाल विद्युत् प्राधिकरणले बुधबारदेखि सातामा ५६ घन्टासम्म लोडसेडिङ हुने नयाँ तालिका सार्वजनिक गरेको छ । दसैंतिहारमा केही लोडसेडिङ कटौती भएर राहत पाएका सर्वसाधारणको दैनिकी कष्टकर हुने भएको छ ।

प्राधिकरणका अनुसार सातामा ५ दिन ८ घन्टा, एक दिन ९ र एक दिन ७ घन्टा लोडसेडिङ हुने छ । प्राधिकरणका प्रवक्ता शेरसिंह भाटका अनुसार नदीमा पानीको बहाव घटेकाले लोडसेडिङ बढेको हो ।

नदीहरुमा पानीको जलस्तर घट्न गएको कारणबाट माग र आपूर्तिमा असन्तुलन रहेको हुँदा साविकमा हुँदै आएको विद्युत् भार कटौतीको तालिकमा हेरफेर गर्नुपरेको प्राधिकरणका प्रणाली सञ्चालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले बताए । भारतबाट आपूर्ति गरिँदै आएको विद्युतको आपूर्तिमा कमी गरिएबाट पनि विद्युत् भार कटौती गरिएको बताइएको छ ।


स्रोत :कान्तिपुर

Posted by Butwalonline on 7:06 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आजदेखि सातामा ५६ घन्टासम्म लोडसेडिङ (तालिकासहित)"

Leave a reply