धान स्याहार्ने आधुनिक मेशिन कम्बाईन हारबेस्टरको प्रयोग बढ्यो
किरणमान बज्राचार्य,कपिलवस्तु, १५ कार्तिक, कपिलवस्तुमा धान स्याहर्ने आधुनिक कम्बाईन हारबेस्टरको प्रयोग बढदै गएको छ । खर्च भारी मात्रामा कटौती भए पछि कपिलवस्तुका कृषकहरु आधुनिक मेशिनबाट धान सयाहार्न आकर्षित भएका हुन । झञ्झट बाट मुक्त भई आधी भन्दा बढी बचत हुने भए पछि कृषकहरु आधुनिक मेसिनले धानबाली स्याहार्न आकर्षित भएका हुन ।
पैसा पनि कम लाग्ने र समय पनि बचत हुने भए पछि धेरै कृषकहरुले मेसिनबाटै धानबाली स्याहारी रहेका छन् । चार बर्ष अघि प्रयोगबाट प्रयोग गरिएको कम्बाईन मेशिन अहिले जिल्लामा २० बढी रहेको कृषि कार्यालयले जनाएको छ । जिल्लामा यो प्रबिधि भित्रिए पछि कृषकहरुले आफुहरुलाई निकै सजिलो भएको बताउछन् । मेसिनले एक घण्टामै ६ देखि ८ बिगहा सम्म खेतको धान काटेर मेसिन भित्रै दाई गरेर धानका गेडा बाहिर फाल्ने गर्दछन् । मेसिनमा रहेको उपकरणले दाई गरे पछि धान सोझै टयाक्टर ट्रली र गोरु गाडामा राख्ने गरेकाले थप सुबिधा पुर्याएको छ ।
खेताल खोज्नु पर्ने, धान काट्ने र दाई गर्ने लगायतका झञ्झटबाट मुक्त हुने र श्रम तथा पैसाको समेत बचत भएकाले मेशिनबाट धान स्याहार्दा आफूहरुलाई फाईदा भएको कृषकहरु बताउछन् । यसरी कृषकले मेसिनले काटेको धान सोझै लगेर भण्डार गर्न सक्ने र बिक्री पनि गर्न सक्ने कपिलवस्तु नगरपािलका– १३ मलपरवाका कम्बाईन हारबेस्टर मालिक देबेन्द्र मिश्र बताउछन् । ‘ हिलो र पानी नभए सबै ठाउमा गई धान काटन सकिन्छ, त्यसैले यस्को माग बढेको छ भन्छन् उनी । मेशीनको माग बढे पछि आफुहरुलाई भ्याई नभ्याई भएको मिश्राको भनाई छ । मेशीनले अहिले दिन रात नै धान स्हार्ने गरीरहेको छन् । आफुले सो मेशीन एक बर्ष अघि भारतको पंजाबबाट खरीद गरी ल्याएको उनले बताए ।
दाङ्ग देउखुरी पुगेर खेताला खोज्नु पर्दथ्यो त्यस माथी भनेका बेलामा नपाईने समस्या थियो मेसिन आए पनि यो समस्याबाट मुक्त भएको छु भन्छन् धरमपनीयाका कृषक बालमुकुन्द चौधरी । उनले आफनो १० बिगहा खेतको धान मेसिनबाट कटाई एक दिनमै स्याहारेर आराम गरिरहेको बताए । उता पकडी गाबिसका कृषक मधुसुदन कुर्मीले पनि धान काटदा न पानी पर्ला भन्ने डर न खेतालाको समस्या भन्दै मेसिनले धेरै सजिलो गरेको बताए । उनले मेसिनबाट धान काटदा आधी बढी सस्तो र समयको बचत भएको बताए । खेताला राखेर धान काटदै एक बिगहालाई करिब रु एक हजार ५ सय खर्च पर्ने भए पनि मेसिनबाट काटदा ७ सय मै पुग्ने दोहनी गाबिसका कृषक ओमप्रकाश चौधरीले बताए । अहिले यहा मेसिनबाट धान काटन भ्याई नभ्याई छ । धान काटने, मुठा बनाउने, आर्सार्ने, दाई गर्ने काम लबेरबाट गराएको भए पैसा पनि बढी लाग्ने लेबर खोज्न भौतारिनु पर्ने झञ्झटबाट आफु मुक्त भएके कृषकहरुको भनाई छ ।
सुतेको धान काटन भने मेशीन लाई अली बढी समय लाग्ने तथा हीलो र पानी भएको धान भने मेशीनबाट काटन नमिल्ने तथा पराल नहुने कृषकहरु बताउछन् । जिल्लामा ७२ हजार हेक्टरमा धान खेती गरिएको कृषि कार्यालयले जनाएको छ ।