|

गोर्खा ब्वाइज रञ्जनसागर स्मृति कपको क्वाटर फाइनलमा

बाबुराम गैरे ,बुटवल, कार्तिक १६ । बुटवलको फिफा टेक्निकल सेन्टरमा जारी रञ्जनसागर स्मृति नकआउट फुटवल प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा गार्खा ब्वाइज क्लब विजय भएको छ । उसले जनज्योति युवाक्लव डिङगरनगरलाई २ का विरुद्ध ३ गोलले हरायो ।

यो जीत सँगै गोर्खा ब्वाइज प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।  गोर्खाको जीतमा प्रकाश बाह्घरेले २ तथा सन्तोष घलेले १ गोलको योगदान गरे । प्रकाशले खेलको १५ औं र ५५ औं तथा सन्तोषले ६५ औं मिनेटमा गोल गरेका थिए ।

उता जनज्योतिका लागि सञ्जय गुरुङले खेलको ७७ औं मिनेटमा प्राप्त पेनाल्टीको अवसरलाई सदुपयोग गरे भने सुमन थापाले खेलको ८९ औं मिनेटमा थप १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच जनज्योतिका मिड फिल्डर धनु थापा घोषित भए । विजेता गोर्खा ब्वाइजले आगामी २० गते हुने पहिलो क्वाटर फाइनलमा डिएमसी तुल्सीपुरको सामना गर्नेछ ।
एन्फा एकेडेमि र सुनौलो संगम युवा क्लवको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिताको शुक्तबारको खेल आयोजक सुनौलो संगम युवा क्लव देविनगर र बुटवल युनाइटेड क्लव कालिकानगरका बीच हुने एन्फाका कोषाध्यक्ष घनश्याम श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा जिल्लाका १६ वटा उत्कृष्ट क्लवहरुको सहभागिता रहेको छ ।

Posted by Butwalonline on 7:30 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गोर्खा ब्वाइज रञ्जनसागर स्मृति कपको क्वाटर फाइनलमा"

Leave a reply