सिजनमा ढेड करोड बढीको माछा ब्यापार
किरणमान बज्राचार्य,कपिलवस्तु , १६ कार्तिक, कपिलवस्तुको ब्यापारीक क्षेत्र चन्द्रौटा माछा बजारमा एक सिजनमा ढेड करोड बढी माछाको कारोवार हुने गरेको छ । माछाको कारोवार बढे पछि यो बजार क्षेत्रीय माछा बजारका रुपमा बिकसित भईरहेको छ । चन्द्रौटा बजारमा माछाको कारोवार तीब्ररुपमा बढे पछि यो माछका लागि क्षेत्रीय बजार तर्फ उन्मुख भईरहेको हो । भारतसंग सीमा जोडिएकाले सजिलै सुकेका माछा ल्याउन सकिने भए पछि यहाको ब्यापार फस्टाएको छ । अहिले चन्द्रौटाको माछा ब्यापारले अर्घाखाँची देखि रुकुम सम्मको बजार पाएको छ । ५ बर्ष अघि देखि शुरु भएको बजारमा अहिले सातामा १० लाख बढीको कारोवार हुने गरेको ब्यपारीहरु बताउछन् । यहाा कार्तिक देखि फागुन सम्म सुकेको माछाको कारोवार बढी हुने गरेको छ ।
धेरै किसिमका सुकेका माछा सजिलै पाईने भए पछि सबै यही माछा खरिद गर्न आउछन् । यहा कपिलवस्तु देखि अर्घाखाँची, दाङ, प्युठान, रोल्पा, रुकुम, सल्यान, रुपन्देही सम्मका माछा ब्यवसाथी माछा खरिद गर्न आउछन् । माछाको ब्यापार साताको बुधबार लाग्ने माछा बजारमा बढी बिक्री हुने भए पनि हरेक दिन जसो किन बेच हुन्छ । यहा सातामा १० लाख बढी माछाको ब्यापार हुन्छ । एक सिजनमा ढेड करोड बढीको माछाको बिक्री हुन्छ । दाङ्गको घोराहीमा रहेको पसलका लागि माछा खरिद गर्न आएका नफिस अहमदले साताको ५० हजार सम्मको माछा यहाबाट खरिद गरी लैजान्छन् । उनी यही माछाको ब्यापारबाट १४ जनाको परिबार पाल्दै आएको बताए । उनले लगेको माछा दाङ्ग, रोल्पा र प्युठान सम्मका ग्राहकलाई बिक्री गर्ने गरेको बताए ।
अर्घाखाँची जिल्लाको खाँचीकोट गाबिसबाट माछा किन्न आएका पुनबहदुर नेपाली पनि माछा ब्यापारबाट राम्रो आय आर्जन गरी ८ जनाको परिबार पालिरहेको बताए । खासगरी यहाा जाडोको ४ महिनामा बढी माछा बिक्री हुने हुदा यहाको माछा ब्यापार फस्टाएको छ । माछा थोरै पकाएर जति झोल बनाए पनि हुने र सजिलै पकाउन सकिने हुदा माछा बढी खाने गरिन्छ । फेरी माछालाई तरकारी र अचार दुबै बनाउन सकिने हुदा पनि सबैले बढी रुचाउछन् । चन्द्रौटाका माछा ब्यापारी मोहम्मद उमरले साताको एक लाख बढीको माछा बिक्री हुने हुदा सजिलै घर गर्जो चलिरहेकाले पेशालाई निरन्नतरता दिएको बताए । यहाका १०–१२ ब्यापारीले माछा बजारको माग पुरा गरेका छन् । यहा जाडोको कार्तिक देखी फागुन सम्म कसेर माछा ब्यापार हुने गर्दछ । ब्यापारीले भारतको लखनउ, नौगढ, गोरखपुरबाट सुकेको माछा ल्याएर बिक्री गर्ने गर्दछन् ।
यहा चेल्बा, बाम, पुठी, सिद्रा, राबा, मंगुरी, गिरई र गुईता लगायत ३० बढी प्रकारका माछा पाईन्छ । माछको प्रजाति अनुसार प्रति किलो एक सय ४० देखि २० सय रुपैयामा माछा बिक्री हुने गरेको ब्यपारीहरु बताउछन् । पहिले सामान्य रुपमा लाग्दै आएको चन्द्रौटाको माछा बजारले अहिले पश्चिम देखी मध्य पश्चिम नेपालको ८ जिल्लामा माछा बजार बिस्तार गरेको छ । यहा माछाका थोक देखी फुटकर बिक्रेताहरु भीड बढने गर्दछ । जाडोको ४ महिना ब्यपारीहरु सबै घर गर्जो छोडेर माछा किनबेचमा लाग्ने गर्दछन् । जाडो शुरु हुना साथ बढने माछा ब्यापार चन्द्रौटाका माछा ब्यापारीलाई भ्याई नभ्याई हुने गर्दछ । ४ महिनाको माछा ब्यापारले बर्ष दिनको घर खर्च टार्नु पर्ने भएकाले उनीहरुलाई भ्याई नभ्याई हुने गर्दछ ।