|

नेपाल टेलिकमले तिहारलगतै ‘वाइम्याक्स’ प्रविधिमार्फत इन्टरनेट सेवा वितरण गर्ने

काठमाण्डौँ कात्तिक २० - नेपाल टेलिकमले तिहारलगतै ‘वाइम्याक्स’ प्रविधिमार्फत इन्टरनेट सेवा वितरण गर्ने भएको छ ।राजधानी र बुटवल दुई जिल्लाका ग्रामीण क्षेत्रलाई लक्षित गरेर टेलिकमले तारबिहीन द्रुत गतिको इन्टरनेट उपलब्ध गराउने प्रविधि ‘वाइम्याक्स’ मार्फत दुई लाख लाईन वितरण गर्न लागेको हो ।

पहिलो चरणमा टेलिकमले काठमाडौँमा एक लाख र बुटवलमा एक लाख लाइन वितरणका लागि मुख्य पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिएको कम्पनीका सहप्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो । उहाँले काठमाडौँमा प्रविधि जडान कार्य सकिएर परीक्षण सुरु भएको र बुटवलमा भने यहाँको परीक्षण सकिएपछि जडान कार्य सुरु गरीने उल्लेख गर्दै यस प्रविधिका लागि आवश्यक पर्ने उपकरणहरू(एन्टेना) ल्याइएको बताउनुभयो ।

यस प्रविधिबाट सेवा लिँदा अधिकतम २० एमबिपिएस र न्यूनतम २५६ केबिपिएससम्म उपलब्ध गराउन सकिने छ । २५६ केबिपिएस भन्दा तलको गतिका सेवा लिन चाहने नेपाल टेलिकमका ग्राहकहरूका लागि भने एडिएसएल प्रयोग गर्न सकिने प्रवक्ता जोशीले बताउनुभयो । उहाँका अनुसार नयाँ प्रविधि वाइम्याक्स र एडिएसएलको सेवामा ठूलो अन्तर हुने छैन ।

वाइम्याक्सबाट अधिकतम् ३५ किलोमिटरसम्म लिज लाईन(दुईवटा कार्यालयबीचको लाइन) प्रयोग गर्न सकिने र यस प्रविधि प्रयोग गरिएको सिमित क्षेत्रमा वाइफाइ चलाउन सकिनेछ । रासस
स्रोत :ऑनलाइन खबर

Posted by Butwalonline on 7:22 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाल टेलिकमले तिहारलगतै ‘वाइम्याक्स’ प्रविधिमार्फत इन्टरनेट सेवा वितरण गर्ने"

Leave a reply