|

नेपाल टेलिकमले उपत्यका बाहिर पहिलोपटक चितवनमा वाईम्याक्स सेवा सुरु

चितवन, पौष २४ । नेपाल टेलिकमले आजबाट चितवनमा दु्रत गतिको ब्रोडब्याण्ड ईन्टरनेट वाईम्याक्स सेवा सुरु गरेको छ । टेलिकमले बण्डलिङ मार्फत सर्वसाधारण उपभोक्तालाई उच्च गतिको इण्टरनेट सेवा वाईम्याक्स उपलब्ध गराएको हो ।

डाटा सेवाप्रति ग्राहकवर्गको बढ्दो आकर्षण, रुची र आवश्यकतालाई मध्यनजर गरी तारविहीन प्रबिधिको माध्यमबाट उच्च गतिको ईन्टरनेट सेवा संचालनमा ल्याइएको नेपाल टेलिकमले जनाएको छ ।

पहिलो चरणमा गत मंसिर २७ गते काठमाडौं उपत्यका भित्रबाट सञ्चालनमा ल्याइएको वाईम्याक्स सेवा उपत्यका बाहिर पहिलोपटक चितवनमा विस्तार गरिएको हो ।स्रोत : ईमेज  च्यानल

Posted by Butwalonline on 6:34 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " नेपाल टेलिकमले उपत्यका बाहिर पहिलोपटक चितवनमा वाईम्याक्स सेवा सुरु"

Leave a reply