|

अत्याधिक चिसो बढेपछि बाँकेका सबै विद्यालय पाँच दिनका लागि बन्द

ज्ञानु गौतम नेपालगन्ज, पुष २४ –चिसो अत्याधिक बढेपछि बाँकेका निजी तथा सामुदायिक विद्यालय  पाँच दिनका लागि बन्द भएका छन् ।जिल्ला शिक्षा कार्यालय बाँकेले बुधवार पुष २५ गतेदेखि पुष २९ गतेसम्म निजी तथा सार्वजनिक विद्यालय बन्द गर्न  मंगलबार सार्वजनिक सुचना जारी गरेको छ ।बाँकेका जिल्ला शिक्षा अधिकारी धनसिंह धामीले जाडो अध्याधिक बढेपछि अभिभावकहरुको आग्रहमा सबै विद्यालय पाँच दिन बन्द गर्न सुचना जारी गरिएको जानकारी दिनुभयो ।

चिसोबाट नगरबासीलाई राहत दिन नेपालगन्ज नगरपालिकाले दाउरा बितरणको तयारी गरिरहेको कार्यकारी अधिकृत लोक बहादुर सुनारले जानकारी दिनुभयो ।जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझाका अनुसार बाँकेमा यसपटक विगत बर्षभन्दा अत्याधिक चिसो बढेको छ

Posted by Butwalonline on 6:38 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अत्याधिक चिसो बढेपछि बाँकेका सबै विद्यालय पाँच दिनका लागि बन्द"

Leave a reply