धान झार्ने क्रममा थ्रेसरमा बेरिएर एक जनाको मृत्यु
महोत्तरी, पुस २४ – महोत्तरीको बिजलपुरा १ मा धान झार्ने क्रममा थ्रेसरमा बेरिएर एक जनाको ज्यान गएको छ ।धान झार्ने क्रममा घाँटीमा लगाएको गम्छा इन्जिनमा बेरिएपछि गम्भिर घाइते भएका सीतापुर भंगाहा ३ का सुरज चौधरी थारुको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।घटना पछि थ्रेसरधनी फरार छन् । थ्रेसर सहित ज १ त ३७०० नम्बरको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।स्रोत : उज्यालो नेटवर्क