काँखमा राखेर ल्यापटप चलाउँदा नपुंसक बन्ने खतरा
एजेन्सी, कार्तिक २२ । यदी तपाई ल्यापटपको प्रयोगकर्ता हुनुहुन्छ भने आफ्नो काँखमा राखेर ल्यापटप नचलाउनु होस् । कि त टेवलमा राखेर मात्रै ल्यापटप चलाउनुहोस् कि त अन्यन्त्रै राखेर मात्रै । काँखमा राखेर ल्यापटप चलाउँदा तपाईंको शुक्राणुमा असर पर्नसक्ने देखिएको छ ।
डेलिमेलको रिपोर्ट अनुसार बेलायतका एक व्यक्ति लामो समयसम्म पिता बन्ने प्रयास गर्दा पनि असफल भए । जब उनले चिकित्सकलाई त्यस विषयमा जानकारी गराए तब चिकित्सकले काँखमा राखेर ल्यापटप चलाउने उनको बानीले शुक्राणुको नष्ट गरिदिएको बताए ।
पेशाले इलेक्ट्रिसियन रहेका ३० वर्षीय स्कट रिड नामक व्यक्तिले आफ्नी पत्नीलाई गर्भाधारण गराउन धेरै हण्डर खेप्नु प¥यो । जब उनले चिकित्सकसँग त्यस समस्याका विषयमा परामर्श गरे, त्यसपछि रिडले काँखमा राखेर ल्यापटप चलाउन बन्द गरे । जसको ३ महिनापछि नै उनकी पत्नी लौरा गर्भवती भइन् ।
स्रोतका अनुसार रिड राति घन्टौंसम्म काँखमा राखेर ल्यापटप चलाउने गरेको उनकी पत्नीले बताएको दाबी गरिएको छ । त्यस घटनापछि रिडको धेरैथरि परिक्षण भयो, जसबाट पत्ता लाग्यो कि रिडको शुक्राणुले काम गर्न सकिरहेको थिएन ।
स्थानीय क्वीन एलेक्जेन्ड्रा अस्पतालका चिकित्सक सू केनवर्थीले ल्यापटपको तापक्रमले शुक्राणुमा असर पर्ने कुराको पुष्टी गरेको स्रोतले दाबी गरेको छ ।
स्रोत :इमेज च्यानल

Posted by Butwalonline
on 8:26 AM. Filed under
Technology
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response