चीनमा हिंसा भड्काउन जिम्मेवार रहेको आरोपमा १४ जनालाई दोषी ठहर
काठमाडौं, माघ १९- चीनमा हिंसा भड्काउन जिम्मेवार रहेको आरोपमा १४ जनालाई दोषी ठहर गरिएको छ । गएको जुलाईमा क्विडोङ प्रान्तमा औद्योगिक फोहर निष्कासनका लागि पाईप लाईन निर्माण गर्ने योजनाको विरोधमा भएको प्रदर्शनका क्रममा सरकारी भवन र गाडीमा क्षति पुर्याएकोमा उनीहरुलाई दोषी ठहर गरिएको हो । उनीहरुमाथि राज्यको सम्पत्तिमा क्षति पुर्याउने गरी प्रदर्शन चर्काउन प्रदर्शनकारीलाई भड्काएको अभियोग लगाइएको छ । उनीहरुमाथि कस्तो सजायँ हुने भने तोक्न बाँकी रहेको चिनियाँ सन्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीले कम्यूनिष्ट पार्टीका स्थानीय प्रमुख र मेयरलाई प्रदुषण विरोधी नारा लेखिएको टिसर्ट लगाउन दबाब दिंदै जर्बजस्ती शर्ट खोलि दिएका थिए ।
Posted by Butwalonline
on 4:05 AM. Filed under
World News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response