|

नेपालीको हत्यामा संलग्न एक जापानीलाई १९ वर्ष काराबास सजाय

टोकियो (एएफपी), फाल्गुन ३० - जापानी अदालतले रेस्टुरेन्ट सञ्चालक नेपालीको हत्यामा संलग्न एक जापानीलाई १९ वर्ष काराबास सजाय सुनाएको छ । यो अपराधमा सहयोगी भूमिका निभाउने एक युवतीलाई ९ वर्षको कैद सजाय तोकिएको छ ।

४२ वर्षीय विष्णुप्रसाद धमलाको हत्याको आरोपमा ट्याटु कलाकार जापानी नागरिक हिरोकी सिराहिसी र उनकी महिला मित्र मियोको सिराइसीलाई जापानको ओसाका सहरको अदालतले यो सजाय सुनाएको हो । रक्सीले मातेका ती दुईले बाटोमा हिँडिरहेका विष्णुप्रसादलाई बिनाकारण बेहोस हुने गरी लात्तीले कुटपिट गरेर सडकमा छाडेका थिए । बाटोमा राखिएको सीसी टीभीबाट उनीहरूको पहिचान भएको थियो । कुटपिटबाटै धमलाको ज्यान गएको प्रमाणित भएको छ । पिटाइबाट अचेत भएका धमला सडकमा लडेपछि पनि उनीहरूले लात्ती हानिरहेको दृश्य टीभीमा देखाइएको छ । स्रोत: कान्तिपुर

Posted by Butwalonline on 5:46 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपालीको हत्यामा संलग्न एक जापानीलाई १९ वर्ष काराबास सजाय"

Leave a reply