|

सिरियामा सामुहिक रुपमा हत्या गरिएका ७१ वटा शव फेला

सिरियाको एल्लोपो शहरमा सामुहिक रुपमा हत्या गरिएका कम्तिमा ७१ वटा शव फेला परेका छन् । पछाडि हात बाँधेको अवस्थामा हत्या गरी फालिएका अधिकांश शव युवाको रहेको छ ।

बेलायतस्थित सिरियन अब्वरभेटरी फर ह्युमन राइट्स एसओएचआरले जनाए अनुसार नदीको तटमा भेटिएका ती युवाहरुको टाउकोमा गोली हानि हत्या गरिएको देखिएको छ । मारिएकाहरुको उमेर २० देखि ४० बर्ष उमेर समूहका र दुई जना नाबालक रहेको बीबीसीले जनाएको छ । उनीहरुको टाउकोबाट रगत बगिरहेकोले केही घण्टा अघि मात्र हत्या गरिएको हुनसक्ने मानवअधिका।बादी संस्थाहरुले जनाएका छन् । सरकार विरुद्ध संघर्षरत लडाकुहरुले ती शवका दृश्यहरु यु ट्युबमा समेत राखेका छन् । नदी किनारमा सयौं ब्यक्तिहरुले ती शवको पहिचान गर्ने प्रयास गरिरहेका छन् । सरकार विरुद्ध संघर्षरत लडाकुहरुले भने राष्ट्रपति असद समर्थक सरकारी फौजले ती युवाहरुलाई पक्राउ गरी हत्या गरेको हुनसक्ने दावी गरेको छ । यसैबीच राष्ट्रसंघीय विशेष प्रतिनिधि लख्तर ब्राहिमीले सिरियामा भईरहेका हिंसाले विश्वका हरेक ब्यक्तिको ध्यान केन्द्रित गरेको र त्यहांको सरकारले बैधता गुमाईसकेको बताउनु भएको छ । सिरियामा राष्ट्रपति असद विरुद्ध आन्दोलन शुरु भएपछि हजारौले ज्यान गुमाईसकेका छन् ।स्रोत :ईमेज  च्यानल

Posted by Butwalonline on 7:28 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सिरियामा सामुहिक रुपमा हत्या गरिएका ७१ वटा शव फेला"

Leave a reply