चीनमा कोइलाखानीमा दुर्घटना , सात मजदुरको ज्यान गयो
उत्तरपूर्वी चीनको एक प्रान्तमा रहेको कोइलाखानीमा भएको दुर्घटनामा सात मजदुरको मृत्यु भएको छ । दुर्घटनामा तीन मजदुरलाई सुरक्षित रुपमा उद्वार गरिएको र अन्य तीनजना अझै खानीमा नै फसेको अधिकारीहरुले बताएका छन् । खानीमा फसेका मजदुरको उद्वारको प्रयास जारी रहेको अन्तराष्टिय संचारमाध्यमहरुले जनाएका छन् ।
सिरीयाको एलेप्पो सहर नजिकको एक नदिमा दर्जनौं युवकहरुको शव फेला परेको छ । टाउकोमा गोली हानी हत्या गरिएको अवस्थामा ६५ पुरुषको शव फेला परेको ब्रिटेनमा रहेको सिरीयन अब्जरभेट्री फर ह्युमन राईट्सले जनाएको छ । पछिल्लो समय त्यो क्षेत्रमा हिंसात्मक झडपका घटना नभएकाले सेनाले सर्वसाधारणको अपहरण गरी हत्या गरेको हुन सक्ने मानवअधिकारबादी संस्थाहरुले जनाएका छन् ।।नदि किनारमा हिलोमा लत्पतिएका धेरै जसो शवहरुको हात पछाडी बााधेर टाउकामा गोली हानेको अवस्थामा रहेका छन् । नदि किनारमा शव भेटिएको खबर पाएपछि सयौं सर्वसाधरण आफन्तको शव हुन सक्ने अनुमान गर्दै नदि किनारमा गएर शव हेरिरहेको बिबिसीले जनाएको छ ।