आठ क्वीन्टल आलु बारीबाटै चोरी
दमौली, माघ १८ – तनहुँको व्यास नगरपालिका ८ मादीनदी किनारमा १० रोपनी जग्गामा लगाइएको आठ क्वीन्टल आलु बारीबाटै चोरी भएको छ ।
सिन्धुकृति सहकारी संस्थामा आबद्ध समूहका सदस्यले सामूहिक रुपमा लगाएको आलु बारीबाट नखन्दै सोमबार राति चोरी भएको हो ।
४० हजार रुपैयाँ बराबरको आलु चोरी भएको संस्थाका अध्यक्ष वृद्धिमान श्रेष्ठले बताउनुभयो । सामूहिक रुपमा आलुखेती गरेर आयआर्जन गर्ने लक्ष्यका साथ संस्थामा आबद्ध ३७ जना सदस्यले ५० किलो आलुको बीउ ल्याई मादीनदी किनारमा रोपेका थिए । रासस स्रोत : उज्यालो नेटवर्क