|

जिल्ला प्रहरी कार्यालय कैलालीमा चार जना थुनुवा कैदी फरार

ञानु गौतम,कैलाली, माघ १७ - जिल्ला प्रहरी कार्यालय कैलालीमा रहेका चार जना थुनुवा कैदी फरार भएका छन् । हिरासतको भित्ता फोडेर उनीहरु फरार रहेको प्रहरीले जनाएको छ ।फरार कैदीहरुमा नारद बोहरा, रुपेश चौधरी, आकाश पौडेल र नविन भुजेल रहेका छन् । भाग्ने मध्ये चौधरी र पौडेल चोरी डकैतीको आरोपमा थुनामा थिए भने भुजेल कर्तव्य ज्यान मुद्दामा थुनामा थिए । बोहोरा मानव बेचविखन गरेको आरोपमा बन्दी थिए । जिल्ला प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक सुदाम रावलका अनुसार भुजेल र बोहोराको जिल्ला अदालतले केही दिन अघि मुद्दाको म्याद थप गरेको थियो ।उनीहरुको खोजी कार्य जारी रहेको छ । हिरासतमा रहेका उनीहरुले राती नै पर्खाल फोडेर भागेका हुन् ।

Posted by Butwalonline on 10:48 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जिल्ला प्रहरी कार्यालय कैलालीमा चार जना थुनुवा कैदी फरार "

Leave a reply