कञ्चनपुरको दोधाराकी १३ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार
ज्ञानु गौतम,बाँके ,माघ १७ - कञ्चनपुरको दोधाराकी १३ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार भएको छ । दुई दिनअघि छिमेकीको विवाह समारोहमा गएका बेला किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा सोही ठाउाका बबि राना र विकास थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक चतुर्भुज ओझाले बताउनुभयो । पीडित किशोरीका बुबाको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय दोधाराले दुवै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको उहााले बताउनुभयो । बलात्कार गराउने कार्यमा एक युवतीको समेत संलग्नता रहेको प्रहरी निरीक्षक ओझाले बताउनुभयो ।